Logo

Student Corner

मन त नेपाली हो

Written by: Subir Acharya - 24072, Grade XII

Posted on: 13 September, 2023

चीन र भारत बीच नेपाल 
अनि माझमा म नेपाली 
बीर पुर्खाको रगतले बनेको 
भन्छन् हामीलाई वीर गोर्खाली ।

 

डोको डालोमा हाम्रो सिप 
माटोमा उत्रिएको कला 
संस्कृतिमा समावेश यो चरित्र 
पैदलको ताल र सुरिलाे गला ।


परालको छाप्रोमा हाम्रो वास 
ठुल्ठुला बङ्गलामा भएन कि 
खेतीमा व्यस्त थियौँ हामी 
चिल्ला गाडी चडिएन कि ।

 

कृति परम्परा मानेर आयौँ 
सङ्घर्ष हाम्रो पसिनामा पायौँ 
यहीँ मन आतलिने गर्छ 
कहीँ नेपाल बदलिने पो हो कि !