Logo

Student Corner

पखेटा भए त उड्छु झैं लाग्थ्यो…

Written by: Nitesh Singh Bista - 25013, Grade XI

Posted on: 12 September, 2023

लाग्थ्यो चरा भए त म खुशीले नचिरहन्थे
तर उडेका चराको नृत्य कसले हेर्ला र ?
लाग्थ्यो, स्वतन्त्र म उडिरहन्थेँ
तर कुन मुलीले हेर्दै छ भनी म तर्सिरहन
लाग्थ्यो हावासँग ताल मिलाउँदै 
म गीत गाउँथेँ
तर विशाल आकाशमा म त 
अजीव कण मात्र रहेछु 
लाग्थ्यो 
चारो खोज्नै मात्र दिन नपुग्दो रहेछ


अनायासै म त सिकारीको जाल रहेछु...


रहेछु एक भोको पेटको चारो
जीवन मेरै हो जस्तो लाग्थ्यो 
रहेछु पिँजडाको एक मात्र साथी
जीवन स्वतन्त्र हो ठान्थेँ
रहेछु वृद्ध विधवाको गायक
जीवन नै सङ्गीत लाग्थ्यो
रहेछु बिरह बोल्ने न्याउली
जीवन कथित गर्न मात्र चाहन्थे ।