Logo

Student Corner

नेपालको सौन्दर्य

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 12 September, 2023

नेपालको प्राकृतिक सुन्दरता
नेपालीहरूको गर्व र सान
पहाड, तराई, उच्च, निम्न,
हाम्रो नेपाल, प्याराे नेपाल

 

साना गाउँ र नगर र महानगर 
कला र संस्कृति र सभ्यता
भाषा, प्रकृति र समृद्धि,
हामी नेपाली,  प्याराे नेपाल

 

हिमाल चुली, गाढा उपद्रव, खासी गर्छ,
तर, यात्रा, योग्यता र साहसी 
नेपाली वीर  पुर्खाहरू हाम्रा सान 
नेपाली हामी हाम्राे यही अभिमान

 

अनेकाैँ भाषा र सभ्यता हाम्रा
जता हेर्याे  उतै राम्रा ठाउँ हाम्रा
छन्, धेरै भाषा कला अनेक
चिनारी हाम्राे अनेकतामा एक ।

 

नेपाल सौन्दर्यकाे खानी 
रमाउँछन् सबै जानी जानी
नेपाल, हाम्रो गर्व अनि सान
नेपाली हुनुमा गराैँ अभिमान ।