Logo

Student Corner

कुकुर

Written by: Ipsa Bajracharya - 2029014, Grade III

Posted on: 01 September, 2020

कुकुर घरपालुवा जनावर हो । कुकुरले मासु भात, दुध भात, हड्डी आदि खान्छ । कुकुरहरू धेरै बलिया हुन्छन् । कुकुरका दाँत तीखा हुन्छन् । कुकुरका चारओटा खुट्टा, दुईओटा आँखा र कान हुन्छन् । कुकुरकाे एउटा मुख, नाक, टाउकाे र पुच्छर हुन्छ । कुकुरलाई तिहारमा पूजा गरिन्छ । कुकुरले हाम्रो घरको रक्षा गर्दछ । कुकुरहरूले बच्चा पाउँदछन् । कुकुरका बच्चालाई छाउराछाउरी भनिन्छ ।  कुकुरकाे लामो पुच्छर  हुन्छ । कुकुर हाम्रो साथी पनि हुन्छ ।