Logo

Student Corner

सानी

Written by: Bipana Shrestha - 24017, Grade XII

Posted on: 11 September, 2023

आमाको कोखमा जन्मिएकी सानी 
ओठमा न्यानो मुस्कान बोकेकी उनी 
संसार चिन्नु अघि नै जिम्मेवारीको चपेटामा परि 



हास्ने खेल्ने उमेरमा पन्चे बाजा बजाएर बिदा लिन बाध्य ऊ 
कसैको लागि छोरी त कसैको लागि बुहारी 
कसैको लागि आमा त कसैको लागि सारा संसार बन्न पुगी

 

लक्ष्मी समान छोरीलाई पराइको दर्जा दिने यो समाजमा 
मनभरि प्रश्न अनि आखाभरि आशुँ बोकी
मूल्य र अभिमान बिच ताैलिन पुगी सानी

 

सानीका पनि केही रहर थिए होला सायद 
आफ्नो खुट्टामा उभिने , 
आकाशमा खुल्ला उड्ने 
तर 
भाग्य र  समयलाइ दोष दिन पुगी सानी

 

हजाराैँको भिडमा एक्लै रमाउने सानी
आज खै किन शुन्यताको पछि लाग्दै छे 
ठुलो मान्छे बन्ने सपनाबाट हार खाँदै छे

 

यी मुर्खहरुको चपेटामा बाधिएकी सानी
आफूलाई नै कतै गुमाउँदै छे 
गुनासो त कति थिए 
तर जिम्मेवारीले ढाकिन पुगी सानी

 

विगत समयलाई बिर्सिदै अगाडि बढ्न खोज्दै छे सानी 
हरेक पाइला निस्वार्थ चाल्दै छे सानी 
शुन्यतामा आफैसँग रमउँदै अगाडि बढ्न खोज्दै छे सानी ।