Logo

Student Corner

मित्रता

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 11 September, 2023

हरेक पाइलामा तिमी मेरो लागि छौ,
अब मलाई चिन्ता लिनु पर्दैन,
दुनियाँ आएर मलाई सोध, तिनी को हुन्? 
किन उनी सधैँ तिम्रो लागि छिन् ?
उनी फरक आमाबाट मेरी बहिनी हुन् ।

 

मैले विश्वासका साथ तिम्रो आँखा खोजेको छु,
मैले पनि तिमीलाई भेट्टाएँ,
तिमी मेरी दिदी भन्दा कम छैनौ
जसले मलाई कुन चीजहरू गलत थिए 
सिकायाैँ र मलाई मद्दत गर्याैँ।

 

म तिम्रो लागि केही गर्न नसके माफी चाहन्छु,
तर तिमीले मेरो लागि सबै गर्यौ,
अब मलाई केही डर छैन,
तर अब म तिमीलाई गुमाउन डराउँछु ।

 

म  आफूलाई यहाँ त्यहाँ भौतारिदै भेटिए,
तिमी आयौ र मैले सबै कुरा पूरा भयाे
जेठी दिदी जस्तै जब म गल्ती गर्न लागेँ,
जिस्काउँदै तान्याै मलाई म भागेँ ।

 

मलाई रुवाउने तिमी नै हौ,
मलाई हाँस्ने पनि तिमी नै हौ,
तिमीले हसाउँदा मेरो पेट दुख्छ,
र फेरि मेरो टाउको दुखाउने तिमी नै हाैँ।


शंकाको क्षणमा तिमीले मलाई विश्वास गर्याैँ,
जब कोही थिएन, तिमी थियौ,
तिमीले भन्यौ, "ह्या छोड्दे यस्तो कुरा, यता आइज तेरो लागि केहिँ ल्याएकी छु।”
त्यसपछि सबै बिर्सेर म तिमी तिर फर्केर गएँ।


त्यसैले म यो मित्रता, एक साँचो बन्धन भन्छु,
जसले मेरो कठिनाइमा मेरो हात कहिल्यै छोडेन, तर मलाई हँसायो र मलाई बिर्सियो,
मलाई थाहा छैन तिमीले यो देख्नछाैँ वा छैन तर,
म तिमीलाई भन्न चाहन्छु कि, तिमी मसँग भएको सबैभन्दा ठूलो चीज हाैँ।