Logo

Student Corner

गाउँको मुखिया

Written by: Anjila Sherpa - 30063, Grade VI

Posted on: 11 September, 2023

एकादेशमा एउटा गाउँ थियो। गाउँका सबै मानिसहरू मिलेर बस्थे। गाउँका मानिसहरूमा सहयोग र सद्‌भावको भावना थियो । सबैमा  एकअर्कालाई सम्मान र सहयोग गर्नुपर्छ भन्ने  राम्रो सोच थियो।
त्यो गाउँ असाध्यै सुन्दर र सफा थियो । सबैजनाले  एकअर्कालाई सम्मान र जरुरी पर्दा मद्धत गर्थे तर त्यस गाउँमा एउटा मुखिया थियो । त्यो मुखिया एकदम घमण्डी थियो । गाउँका अरू सदस्यहरू सुख दुः खमा सहभागी हुन्थे तर त्यो सुखिया सहभागी हुँदैन थियो। त्यो मुखियाले गाउँका सबै मानिसहरूलाई आफ्ना प्रत्येक काममा बोलाएर दु:ख दिन्थ्यो । गाउँका मानिसहरू उसको  दुःख दिने बानीबाट हैरान परिसकेका थिए। गाउँका मानिस  त्यो मुखियाबाट एकदम रिसाएका थिए । मुखियाको त्यो स्वभाव देखेर गाउँका मानिसहरूले मुखियालाई सहयोग नगर्ने निर्णय गरे । एकदिन अचानक मुखियाकी पत्नी बिरामी परिन्। मुखीयाले आफ्नी पत्नीको अवस्था देखेर गाउँका सबै मानिसहरूसँग सहयोग माग्यो तर कसैले पनि सहयोग गर्न मानेनन् । मुखियाले आफ्नो गल्ती महसुस गर्यो र गाउँका सबै मानिसहरूसँग माफी माग्यो । गाउँका मानिसहरूले मुखियालाई एउटा मौका दिए । मुखियाकी पत्नीलाई गाउँलेहरू मिलेर अस्पताल लगे । उनी ठिक पनि भइन् ।
हामीले कहिल्यै घमण्ड गर्नुहुँदैन । सबैसँग मिल्नुपर्छ, सबैलाई सहयाेग गर्नुपर्छ अनि आफूले पनि सहयाेग पाइन्छ भन्ने शिक्षा यस कथाबाट पाइन्छ ।