Logo

Student Corner

जीवनको तितो सत्य

Written by: Shuvanshis Gautam - 25059, Grade XI

Posted on: 08 September, 2023

कुवाले कहिले प्यासीलाई  खोज्दैन  
सफलताले कहिले अल्छीलाई रोज्दैन ।
आफ्नो  सिपले नै हो संसार बनाउने 
भोको पेटमा अन्न खन्याउने । 



सुख नै जीवनको रमणीय पक्ष
सुख नै सबैको जीवनको लक्ष्य
सुख नै  खोज्छन् सबै दाजुभाइ
भन्छन् सुख पाइन्छ पैसा कमाइ ।।

 

के होला र करोडौं कमाइ 
आफ्ना भनौदा सबै गुमाइ 
मनमा अहङ्कार झन झन  बढाइ 
जसको यस संसारमा छैन दवाइ ।।

 

समाजको पनि फल हेर्ने बानी रहेछ 
भन्छन हेर्दैमा फलाना त असफल भएछ
उसको कोशिस त एक्कासि अनजान भएछ
यस्तो  वचन त त्यो निर्दोषले कति सहेछ।।