Logo

Student Corner

हामी नेपाली

Written by: Deerghayu Ghimire - 27032, Grade IX

Posted on: 08 September, 2023

हामी नेपाली हाैँ
हिमालको हिउँमा खल्दै,
हामी नेपाली हाैँ,
तराईकाे गर्मी झेल्दै
हामी नेपाली हाैँ
पहाडको चिसाे हावामा रमाउने,
स्वाभिमानी हामी नेपाली ।

 

शिरमा सगरमाथा बाेकेर,
बुद्धको शान्तिकाे सन्देश बाेकेर
देशकाे माटाे पानी र प्रकृति
पशुपति, बाैद्धनाथ जस्ता हाम्रा 
पवित्र तीर्थस्थलका हामी नेपाली ।

 

अन्यायकाे अगि घुँडा नटेक्ने, 
खुकुरी कम्मरमा भिरेर
लड्न अगि बढ्ने, हामी नेपाली
कहिल्यै नझुक्ने, हामी नेपाली ।

 

गोर्खालीको गाथा हाम्रो,
देश विदेशमा छाप हाम्रो ।
रगत र पसिनाले रचेकाे इतिहास
हाम्रा पुर्खाले रचेकाे इतिहास ।