Logo

Student Corner

मानव जीवन

Written by: Barun Kadariya - 29053, Grade VII

Posted on: 08 September, 2023

भनिन्छ सय जुनि पछि नै
भेटिन्छ यो मानव जीवन 
एक मानव त सर्वव्यापी
त्यही नै हो सामाजिक प्राणी

 

आज विकसित  भएकाे विकासले त हाे नि
तर त्यो विकास गर्ने   मानव नै त  हाे नि 
यही हो सबैभन्दा कठिन जीवन
क्षमा दया र एक अवसर

 

त्यो विकास पनि एक मानिसले नै गर्छ
त्यो विनाश पनि त त्यही मानव लेनै गर्छ
सबैभन्दा विकसित जाति हो यो मानव
प्रकृतिको नजिकैको साथी पनि  यहीँ हो

 

तर मानवको विकासले परिवर्तन ल्यायाे
मानवको बुद्धि विवेक त्यही नै त खास हो
जन्म र मृत्युको चक्र मानवमा नै चल्छ
तर प्रकृतिको विरुद्ध गए त्यही छिटै मर्छ

 

प्रकृतिको शक्तिलाई  मानवले गर्छ भक्ति
ब्रह्माण्डलाई जानेकै छ अनुसन्धान गर्छ कति
मानव जन्म सार्थक पार्नुपर्छ असल काम गरी
देशकाे विकास गर्नलाई काम गर्छु सधैँभरि