Logo

Student Corner

अङ्ग्रेजीलाई प्राथमिकता

Written by: Surabhi Ghimire - 26012, Grade X

Posted on: 07 September, 2023

नेपाल आफ्नै भाषा,संस्कृति माैलिकताले बेग्लै पहिचान बाेकेकाे देश हाे । तर, पनि नेपालमा आफ्नै संस्कृति र सांस्कृतिक पहिचानलाई बेवास्ता गर्ने धेरै कुराहरू छन् । नेपाली युवाहरू नेपालबाहेक अन्य देशमा जाने गरेका धेरै समस्या छन् । नेपाल छोडेर विदेश  जाने नेपालीकाे सङ्ख्या धेरै छ । त,र यथार्थ के हो भने नेपालमा रहेका सबै कुरा बिस्तारै अन्य देशमा आधारित हुँदै गएका छन् । यसरी विदेसिँदै जाँदा बिस्तारै आफ्नो पहिचान गुमाउँदै गएको छन् । 


अहिले पनि देशका मुख्य सहर काठमाडौँलगायत अधिकांश ठाउँमा अङ्ग्रेजीकाे बाहुल्यता रहेकाे छ । निजी विद्यालयमा पनि अङ्ग्रेजी भाषा नबाेले जरिवाना गर्छन् । किनकि उनीहरूकाे अङ्ग्रेजी राम्राे नभए उनीहरू कमजाेर भएकाे महसुस गर्छन् ।  बजारमा पाइने चीजहरूको मूल्य पनि, तिनीहरू सबै अङ्ग्रेजीमा लेबल गरिएका हुन्छन् । तपाईंले याद गर्नुभएन होला तर हाल यी वाक्यहरू लेख्दै मैले "लेबल" शब्द प्रयोग गरेकी छु । यो नराम्रो कुरा हो भनेर नबुझ्ने मानिसहरूको लागि यो दिन प्रतिदिन खराब हुँदै गइरहेको छ। हरेक ठुलो समस्या केही "सानो" वा "असहजता" बाट सुरु हुन्छ, जुन योसँग भइरहेको छ । 

 

अहिले नेपाली उत्पादन र कपडाको अपेक्षा पूर्णतया अन्य देश देशमा भर पर्नु परेकाे अवस्था छ । उदाहरणका लागि, "कुरकुरे" यो खाना पहिलो पटक भारतमा उत्पादन गरिएकाे थियो । पछि नेपालमा पनि उत्पादन गर्न थालियाे । धेरै नेपालीहरूले यसलाई नेपालमा र विभिन्न ब्रान्डहरूसँग पुन: सिर्जना गरेका छन् । यदि तपाईं विदेसी भाषाको बारेमा सचेत नभएको कारणले जागिर पाइदैन भन्ने कुरा बेकार मात्र हाे । आफ्नाे नेपाली भाषा राम्राे नजान्नेले अर्काे भाषा राम्राे हुन्छ भन्ने पनि केही छैन । जस्तै: स्कुल, पढाइ, कुराकानी, आदि सबै कुरामा नेपाली भाषाकाे प्रयोग गर्न उनीहरू बेवास्ता गर्छन् ।

 

विदेशीकाे नक्कल गरेर र  अङ्ग्रेजी भाषालाई बढी महत्त्व दिनाले नेपाली भाषाकाे प्रयाेग कम हुँदै आएकाे छ । विद्यालयमा पठनपाठनकाे भाषा पनि नेपाली विषयवाहेक अरू अङ्ग्रेजी भाषामा हुने हुनाले अङ्ग्रेजी भाषालाई बढी महत्त्व दिइन्छ । अङ्ग्रेजी भाषा बाेल्न जाने मात्रै धेरै जानेकाे हुने धारणा पनि मानिसकाे रहेकाे छ ।