Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Bishakha Upadhyay - 30010, Grade VI

Posted on: 07 September, 2023

हामी बसेको परिवेशलाई नै वातावरण भनिन्छ ।आजकाल धेरै नै वातावरण प्रदूषित भइरहेको छ।
वातावरण प्रदूषण मान्छेहरूकै कारणले हुन्छ। प्रदूषणमा जल प्रदूषण, माटो प्रदूषण, वायु प्रदूषण ,ध्वनि  प्रदूषण हुन्छ । जल प्रदूषण, माटो प्रदूषण र वायु प्रदूषण आदि एकअर्कासँग जोडिएका छन् । यदि एउटा प्रदूषित भयो भने बाँकी पनि प्रदूषित हुन्छन् । वातावरण प्रदूषणले गर्दा वातावरणमा भएका सबै तत्त्व, जनावर, व्यक्ति र बोटबिरुवालाई हानी भइरहेको छ । पूरै पृथ्वी वातावरण प्रदूषणको कारण दूषित भइसक्याे ।  सबैजनाले मिलेर वातावरण प्रदूषण कम गर्नुपर्ने ठाउँमा, सबैजना मिलेर वातावरण प्रदूषण बढाइरहेका  छन् ।  प्रदूषण सबैजनाको लागि हानीकारक छ । वातावरण प्रदूषणको कारण धेरै मान्छे र जनावरकाे मृत्यु भइरहेको छ। सरकारले पनि वातावरण प्रदूषण गर्नुहुँदैन भनेर सबै ठाउँमा जनचेतना फैलाउनुपर्छ । धुवाँ धुलाे र रासायनिक अाैषधीले वातावरण प्रदूषण बढाइरहेका छन् । वातावरण प्रदूषणले मानिसकाे स्वास्थ्यमा ठुलाे समस्या देखापरेकाे छ । वातावरण सफा र स्वच्छ  भयाे भने हामी स्वस्थ हुन्छाैँ । वातावरणलाई स्वच्छ राख्नु हाम्रो  जिम्मेवारी हो । यो कुरा हामी सबैले बुझ्नु जरूरी छ। हामीले यो वातावरणलाई बचाउनै पर्छ । आफ्नाे घर वरपर सफा राख्नुपर्छ । सबैतिर हरियाली बनाउनुपर्छ ।