Logo

Student Corner

एसइई पछिका ती दिनहरू

Written by: Raunak Regmi - 25039, Grade XI

Posted on: 06 September, 2023

म रौनक रेग्मी । अहिले कक्षा ११ मा पढ्छु । मैले एसइई दिएपछि के के गर्ने भनेर पहिले सोचेको थिएँ । एसइई पछि म पुरै साथीभाइ, परिवारहरूसँग घुम्न जानी भनेर सोचेको थिएँ । 
एसइई दिएर आको दिनमा एकदम खुसी थिएँ ।  घर आएर लुगाहरू खोलेर म खाजा साजा खाएर दाइहरूसँग खेल्न गएँ । खुशीले भरिएको म अब के के गर्ने भनेर सोच्न थालिसकेको थिएँ ।  


पहिले त मैले सब किताबहरू झोलामा राखेर बेच्न राखिदिएँ । अनि बल्ल एसइई सिद्धिएको भएर मेरो आमाले मलाई मनकामना मन्दिर लैजाने निधो गर्नुभयो । 


एसइई सिद्धिएको त खुसीयाली थियो थियाे । अब त बाहिर घुम्न जानी पनि खुसी थपियो ।  त्यही खुसीमा म मेरो कपडाहरू मिलाउन लागेँ ।  आमाले भन्नु भएअनुसार हामी तिन चार दिनको लागि यात्रा जाँदै थियाैँ ।  बिहानै सबै सामान मिलाएर हामी मनकामनाको यात्रामा हिड्याैँ ।  मनकामना जना ३-४ घण्टा लाग्थ्यो ।  त्यसैले हामी बाटोमा खाँदै बिस्तारै पुग्याैँ ।  होटेल बुक गरिसकेका थियाैँ । त्यसैले हामी मन्दिर दर्शन गरेर खाना खाएर सुत्नतिर लाग्याैँ । 


भोलिपल्ट हामीले केबल कार पनि चड्याैँ ।  हाम्राे गोर्खा हुँदै घर जाने योजना थियो । हामी फर्किदा रमाइलो गर्दै ठाउँ ठाउँमा बस्दै गोर्खातिर गयाैँ ।  त्यही एउटा होटेलमा बस्याैँ ।हामी लामो सिडीँ चड्दै गोर्खा  राजदरबार पुग्याैँ।  त्यहाँ धेरै मान्छेहरू आएका थिए ।


सिडीँ चड्दा मेरो खुट्टा दुखिसकेको थियो ।  महिले बाबा ममीलाई भनेर कोक किनेर खाएँ ।  माथि त्यो मुख्य दरबार हेर्न खोजेको त्यो बन्दै रहेछ त्यसैले हामीले फोटाहरू खिचेर त्यहीबाट फर्कियाैा ।  तल आउँदा बिस्तारै बन जङ्गल हेर्दै आयाैँ ।  त्यहाँ हामीले फोटाहरू पनि धेरै नै खिच्याैँ । त्यहाँ मैले देखेको धेरै मानिसहरू साइकल लिएर आउँदा रहेछन् ।  हामी अब त्यहाँबाट सिधै घर आउने निधो गर्याैँ ।  घर आउँदा बाटोमा नास्ताहरू पनि खायाैँ । आउँदा नौबिसेको जामको डर थियो तर त्यहाँ केही जाम भएन त्यसैले हामी घर ३ घण्टा जतिमा आइ पुग्याैँ । 


थकाइ पनि धेरै लागेको थियो, भोलिपल्ट धेरै कुरा त गरिनँ । त्यसै घरमै सुतेर बसेँ । मैले तयसपछि मेरो ट्युसनको शिक्षकलाई पनि भेट्न गएँ ।


एसइईपछि मलाई धेरै कुराहरू पनि सिक्नु थियो। मैले बाबालाई भनेर धेरै चाहिएको कुरा सिकाउने सेन्टरहरू खोज्न गएँ । 


मलाई कम्प्युटर बारे धेरै कुराहरू सिक्नु थियो । एसइईपछि जिम जान्छु भनेर सोचेको थिए । त्यो बुझ्न पनि एकदिन मिलाएर जानु थियो । त्यो दिन त त्यसैगरी बित्यो । अब भोलिपल्ट  घर नजिकैको जिममा बुझ्न गएँ ।  पछि त्यही जिममा भर्ना पनि भए । बाबाले मेरो लागि पढ्ने  सेन्टर पनि हेर्दिनु भएछ। त्यसैले त्यो पनि बुझ्न गएँ   । घरबाट सब जानालाई कुन कलेज हाल्ने भनेर टेन्सन थियो ।  त्यसैले बाबाले गएर अल्फाबिटामा ब्रिज कोर्स हाल्दिनु भएछ। अब हालेपछि पड्नुनै पर्यो । त्यहाँ पनि जानु थियो ।  मलाई त अब एसइईको बिदा पनि पढेर नै जान्छ भनेर लाग्दै थियो । मैले सोचे जस्तो त भएन ।  त्यहाँ पनि मज्जा नै आयो ।  धेरै साथिहरू भेटियो अनि धेरै नयाँ कुरा पनि सिकियो।  


त्यहाँबाट नै मलाई धेरै कलेजहरू भ्रमण गराउन लग्यो । त्यहाँबाट धेरै कलेज लाग्दा नयाँ नयाँ कलेज देख्न पाइयो। हामीलाई त्यहाँ बाट ३-४ वोटा जति कलेज लग्यो। 


मेरो एकजना नजिकै दाइ पनि विदेशबाट आउनु भएको थियो। पहिला त रमाइलो गर्न पाउँदिन थिएँ अब त एसइई पनि सकिएको थियो।  म दाइहरूसँग बिहेहरूमा पनि धेरै गएँ ।  हामी पशुपतितिर पनि घुम्न गयाैँ । 


दाइसँग हिकिङ्ग गर्ने  योजना पनि बनको थिए।  हामी शिवपुरी को डाडा तिर जानी भनेर बसेम।  भोलि पल्ट बिहानै घाम न आउदै हामी शिवपुरी का लागि हिडेम।  धेरै हिडे पछि हामी बल्ल बल्ल गर्दै चडेम। हामी ले कोक र अरु खाजा पनि ल्याये का थियेम।  हामी चड्दै कोक  खाएम र पछि माथि पुगेम।  त्यहाँ पुगे पछि हामीले खाजा साजा खाना थालेम। हामी त्यहाँ बाट फर्किदा बेलुका हुन लागि सकेको थियो।  तेही कारण पनि हामी चाडै फर्किनु पर्थ्यो।  त्यो दिन ले थाकिसकेको मा भोलि पल्ट सेन्टर पडन गइन। मेरो त्यहाँ पड्ने दिन हरू पनि सिद्धिन लागेको थियो। मेरो एसइई सक्केको भएर मेरो मामा र माईजु  पाल्पा बाट आउनु भएको थियो।  उहा हरू हाल पाल्पा बस्नु हुन्छ।  मामा र माईजु आउनुभए पछि हामी धेरै ठाउँ घुम्न गएम ।  हामी पहिला त सामान किन्न भनेर गएम।  माईजु र ममा ले मलाई धेरै समान किन्दिनु भयो। तेस्तो ढिला नै नगरिकन म धेरै कलेज हरू जान थाले।  अरु कलेज भन्दा मलाई डियरवालक उत्क्रिसठ लग्यो।  तेसै कारण मैले येही पढ्ने निधो राखे।  मेरो  एसइई पछि का दिन हरू येसरी नै बित्यो ।