Logo

Student Corner

मेराे देश

Written by: Srishad Shiwakoti - 27026, Grade IX

Posted on: 06 September, 2023

भारत र चिनको बिचमा रहेको मेराे देश
प्रकृति र संस्कृतिले भरिएको मेराे देश 
स्वच्छ मन र संस्कारले भरिएको मेराे  देश 
अङ्ग्रजले धाबा बाेल्न नसकेकाे मेराे देश

 

डाँडाकाँडा लहराहरूले सजिएको मेराे देश 
हिमालको टोपी लगाएको मेराे देश 
सगरमाथाले शीतल छाया दिइरहेको मेराे देश 
तराईकाे अन्नले हिमालकाे पेट भर्ने मेराे देश

 

पशुपतिले रक्षा गरिरहेको मेराे देश 
स्वयम्भुका आँखाले न्याय हेरिरहेको मेराे देश 
साँगाको कैलाशनाथ हुँदाहुँदै 
कसलाई चाहियो लिबर्टीको मूर्ति 
दोलखाको जिरी हुँदाहुँदै यहाँ
कसलाई चाहियो स्विजरल्यान्ड यहाँ ?

 

एक सिङ्गे गैँडा, डाँफे, हिम चितुवा पाइने मेराे देश 
काँडे भ्याकुर नेपालबाहेक अरू कहाँ पाउनु ? 
प्राकृतिक र संस्कृतिक विविधता चाहिए 
प्याराे मेराे  देश नेपालमा आउनु ।

 

यार्चागुम्बा, शीलाजित अरू कहीँ पाइन्न 
सुनपातीको सुवासले भरिएको मेराे देश 
अनेक धर्म र जातजातिले सुगन्धित मेराे देश 
नेपाल नै हो मेरो सुन्दर देश र परिवेश ।