Logo

Student Corner

खानेकुरा

Written by: Ujjwol Dhakal - 33023, Grade III

Posted on: 06 September, 2023

हामीले खाने खानेकुराहरूमध्ये कुनै खानेकुरा जनावरबाट प्राप्त गर्छौँ भने कुनै वनस्पतिबाट प्राप्त गर्छौँ । जनावरहरूबाट पाइने खानेकुराहरू माछा, मासु, अन्डा मोही दुध पनिर चिज दही घिउ मोही मासु आदि हुन् । यस्ता खानेकुराहरूबाट हामीले हाम्राे शरीरलाई चाहिने धेरै पोषक तत्त्व पाउँछाैँ । यस्ता खानेकुरा हामीले दिनप्रतिदिन मिलाएर खानुपर्छ । जनावरबाट पाइने खानाले हामीलाई तागत पनि दिन्छ । हाम्रो शरीरको वृद्धि गर्नलाई प्रोटिन, भिटामिन र खनिजको आवश्यकता पर्दछ । जनावरबाट पाइने खानाले हाम्रो शरीरको तन्दुरुस्त बनाउँछ । वनस्पतिबाट पाइने खानेकुरा सागसब्जी, फलफूल, भात, दाल, जौको पिठो, मकै, गहुँ, आलु, भटमास, रोटी, कोदो, फापर आदि हुन् । यस्ता खानेकुराले हाम्राे शरीरको अङ्गहरूलाई तागत दिने गर्दछ । यस्ता खानेकुराहरू हामीले मिलाएर खानुपर्दछ । हाम्रो शरीरलाई रक्षा गर्न भिटामिन ए र खनिजको आवश्यकता पर्दछ । हाम्रो शरीरलाई रक्षा गर्ने र शक्ति दिने खानेकुराहरू हामीले वनस्पतिबाट प्राप्त गर्दछौँ ।