Logo

Student Corner

के भए मानव

Written by: Pranish Khanal - 24080, Grade XII

Posted on: 05 September, 2023

सोच र चिन्तनले नकारात्मक भए मानव 
भ्रष्टाचार र चलखेलमा लतपत भए मानव 
पैसा! पैसा भनी  मरिहत्ते गर्न लागे मानव 
डलर, युरो र पाउण्डमा बिक्ने भए मानव ।

 

लौन आज के भए मानव !

 

अहो कठै !
यी माना कस्ता दिनहरू रहेछन् 
मानव नै आज मानवका ठूला शत्रु भएछन् 
सानो सुखी परिवार त्यागी खोक्रो महल रोज्ने भए मानव
नातागोता सबै त्यागी एक्लौटो भएका छन् मानव

 

लौन आज के भए मानव !

 

लोभले धर्म र प्रतिष्ठा गुमाउने भए मानव, 
अरुको डाह र आरिसले जलेर मर्ने भए मानव 
अकुत अनियमित धनप्रति लालाहित भए मानव 
हे ईश्वर 
तैले प्रमाणित गरेको सर्वश्रेष्ठ प्राणी
के यही हो र मानव !

 

मानव भएको घमण्ड र अहङ्कार गर्ने, 
सनतान कहन्थे आफूलाई प्रकृतिका 
आफ्नै जननीलाई आज क्षति पुर्याउने 
लौन आज के भए मानव !