Logo

Student Corner

कता गयाै ?

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 05 September, 2023

यति धेरै वर्षहरूमा, तिम्रो माया बढ्यो,
तिम्रो माया कहिल्यै मरेन,
तिम्रो माया खोला जस्तै हो 
जसले कहिल्यै राेकिन जानेन
मैले भनेकाे मान्दै मानेन ।

 

तिमी र ममा यही भिन्नता छ
तिमीले मलाई सबै सिकायौ,
गाँसिन सिकायाै, मतलबी हुन सिकायाै 
एक्लाे भएपछि, म आँशु पिलायाै

 

तिमीविना म के गर्थेँ  ?
तिमीविना म के थिएँ  ?
तिमीविना  त म शरीर छाेडेजस्तै छु
हाेसहवास सबै उडे जस्तै छु ।

 

त्यसैले यहाँ छ, मेरो साथी,
मलाई थाहा छ, मैले तिमीलाई
धेरै चोट दिएकी छु 
तिमीले त्यो मलाई कहिल्यै दिएनौ,

 

तिमी मेरो सबै आशा थियाै
तिम्रो मेराे माया भराेसा थियाै
अब तिमी कता  गयाै ?
हरायाै कहाँ ? कि अर्कैकाे भयाै ?