Logo

Student Corner

प्रकृति

Written by: Aarav Yadav - 28025, Grade VIII

Posted on: 05 September, 2023

कलकल बग्ने खोला छन्
मयुर नाच्ने जङ्गल छन्
रातो गुराँस वनभरि
प्रकृतिको छवि छ मनभरि

 

शिर उचाली बसेको छ हिमाल
आहा! कति राम्रो छ मेरो नेपाल
तराईमा पहेँला धानका बाला झुलेका
वसन्तमा रङ्गिन फूलहरू फुलेका

 

कतै सुन्दर झरना झरेका
कतै हिमालछायाँ तालहरूमा परेका
आकासबाट चन्द्र सूर्य प्रकृति हेर्दछ
प्रकृतिले हामीलाई मोहित गर्दछ ।

 

नेपालमा, प्रकृतिको खजाना चम्किन्छ,
अचम्मको देश, सपनाको राज्य।
अग्ला चुचुराहरूदेखि उपत्यकासम्म हरियाली,
प्रकृतिको सौन्दर्यले भरिएको भूमि।