Logo

Student Corner

डियरवाक सिफल रात

Written by: Abhinya Ghimire - 34042, Grade II

Posted on: 05 September, 2023

हाम्रो डियरवाक सिफल रात श्रावनको १२ गते साँझ ४:३० बजे शुरु भएर ७ बजे सकिएको थियो । यो कार्यक्रम हाम्रो विद्यालयको सगरमाथा हलमा धेरै रमाइलोसँग सम्पन्न भएको थियो । उक्त कार्यक्रममा म पनि नाटक र नृत्यमा सहभागी भएको थिएँ । मेरो सहभागिता भएका कार्यक्रमहरूमा सेनाेरिता गीतमा नाच, अङ्क बारेकाे गीत गाउने र मोबाइल फोन सम्बन्धी नाटक थिए । डि‍‍.एस.एन कार्यक्रमको बिचमा मैले नेपाली गाउँघरहरूमा सासु बुहारी सम्बन्धी चुट्किला भनेको थिएँ । मेरो चुट्किला सुनेर सबै अभिभावकहरू हाँस्नु भएको थियो । अरु साथीहरूले पनि कार्यक्रमको बिचमा राम्रो प्रस्तुतिहरू दिएका थिए । डि‍‍.एस.एन कार्यक्रममा मेरा आमाबुबा र  मेरा साथीहरूका आमाबुबा सहित करिब २०० जना आउनुभएको थियो । उक्त कार्यक्रममा हामीले धेरै रमाइलाे गर्‍याैँ । गुरुहरू र हामी विद्यार्थीहरूको चार दिनको अथक प्रयासबाट डि‍‍.एस.एन कार्यक्रम रमाइलोसँग सफल रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा प्रिन्सिपल सरले सबैलाई धन्यवाद दिएर  डि‍‍.एस.एन कार्यक्रम समापन गर्नुभएको थियो ।