Logo

Student Corner

भविष्यको तनाव

Written by: Krishma Thapa - 27005, Grade IX

Posted on: 04 September, 2023

म बुढो भइरहेको महसुस गर्दै
केही वर्ष मात्र मेरा बाँकी दिन
म सम्झना गर्दै छु, 
मेरो वास्तविक जीवन सुरु हुनु अघि
अब परिवर्तनको कुनै सम्भावना छैन
न त मेरा कर्मका नयाँ रेखा काेरिन्छन् ।

 

मलाई थाहा छ, यी कुराहरू 
अब मदेखि टाढा जानेछन् 
मैले अब यी कुराहरूलाई
सामना गर्नुपर्छ, यी दिनहरूलाई
हरेक पलपल र छिनछिनहरूलाई

 

मसँग समय कम छ, त्यसैले
वास्तवमा मेरो जीवनको आनन्द 
अगाडिको जीवनभन्दा
डरलाग्दो हुन सक्छ,
तर मैले सामना गर्नुपर्छ,
म डराउनु हुँदैन ।

 

सोच्दै म पर्याप्त नहुन सक्छु
मेराे साेचाइ सफल नहुन सक्छ
तर अझै आशा छ, राम्राे हुने छ
निराशा पाउने छैन मैले ।