Logo

Student Corner

केरा उत्पादन प्रक्रिया

Written by: Prasoya Yadav - 33014, Grade III

Posted on: 04 September, 2023

नेपालको तराई र भित्री मधेसमा केराको खेती हुन्छ । यसको खेती सबै खाले माटोमा गर्न सकिन्छ । केरा खेती गर्न जमिन खनजोत गर्नुपर्छ । दुई मिटरकाे दुरीमा केरा राेप्नुपर्छ । जमिनमा फरक फरक लम्बाइ चौडाइ र गहिराइको खाडल खनेर त्यसमा पाकेकाे गाेबर वा कम्पोस्ट मल माटोमा मिसाई आधा खाडल भर्नुपर्छ । खाडलमा मल माटो भरेपछि त्यसमा केराका बेर्ना रोप्नुपर्दछ । बेर्ना राेपेर  बेर्नाको जराको डल्लोलाई खाडलमुनि राखेर पुनः मलमा र माटाेले पुरेर हल्का चारैतर्फबाट मिलाउनु पर्दछ । केरा राेपेकाे अठार महिनापछि केरा फल्न थाल्छ । केरा स्वास्थ्यका लागि उत्कृष्ट फल मानिन्छ ।