Logo

Student Corner

यात्रा: एक रमाइलाे अनुभूति

Written by: Sameera Tamang - 25067, Grade XI

Posted on: 01 September, 2023

सबै यात्राहरू स्मृतिमकाे कुनामा स्मृति बनेर रहन्छ नै भन्ने पनि छैन ।
हुन त म कति नै वर्षकी भएँ र! भर्खरै कक्षा ११ मा पढ्दै छु । तर पनि पछिल्लाे समयमा मैले गरेकाे याे यात्रा अविस्मरणीय सम्झना बनि मेरो मस्तिस्कमा बसेको छ । 
म भर्खर कक्षा ७ मा पढ्दै थिएँ । 
म नेपाली भए पनि मेरो जन्म भारतको उत्तरपूर्वमा रहेको मिजोरम भन्ने ठाउँमा भएको हो । मेरो विद्यालयको जाडो महिनाको छुट्टि चलिराखेको थियो । मेरो घरमा छुट्टी महिनामा भारत जाने योजना बन्यो। 
आफू जन्मेको ठाउँलाई हेर्न, बुझ्न म र मेरो ठुलो दाइ निकै उत्साहित थियौँ । आफू घुम्न जाने भन्ने थाहा पाएपछि हाम्रो खुसीको सीमा नै थिएन । 
दोस्रो दिनमा घरका सबै जना तयारीमा व्यस्त थिए तर म भने जाने कुराले नै मख्ख परिरहेकी थिएँ । 
आफू सानो हुँ भन्ने ठाउँ धेरै साना साना कुराहरूले नि सारै आनन्द र सन्तुष्टि दिदोरहेछ, सायद बाल्यकालका अद्भूत कुरामध्ये यो पनि एक हो । 
तेस्रो दिनमा हामीले आफ्नो यात्राको सुरुवात गर्याैँ ।
भारत र नेपालको सीमा (काकडभित्ता ) तिर लाग्याैँ । करिब एकदिनपछि हामी काकडभित्ताबाट रवाना भएर गुवती र मणिपुर हुँदै मिजोरमतर्फ लाग्याैँ ।  
यात्राको समयमा मलाई त्यो वनजङ्गल, खोला नाला र हरियोपरियो मनमोहक दृश्यहरूले  मेराे ध्यान आफूतर्फ तानेजस्तो अनुभव मलाई भएको अझै नि याद आइरहन्छ । 
मिजोरम पुग्न हामीलाई एक दिन जस्तो लग्यो र धेरै दिनको प्रतीक्षापछि हामी मेरो जन्म स्थलमा पुग्याैँ । 
म धेरै सानो हुँदा आएकोले होला मलाई ती ठाउँमा आफ्नोपन महसुस भए पनि स्मृतिमा केही स्मरण रहेन । 
मिजोरम र शिलाङ्ग भन्ने ठाउँमा धेरै वर्ष पहिले मेरा आखे र माम (तामाङ भाषामा हजुरबुबा र हजुरआमा) यहाँ आएर बसेको कहानी मैले आफ्नी आमाबाट धेरै पटक सुन्ने गर्थेँ । मेरी  आमा र आपा (बुबा) को पनि पढाइ यहीबाट सुरू भएकाे रहेछ । 
त्यहाँ पुगेपछि हामी सबै जाना केही दिन  आराम लिने निर्णय गर्याैँ । 
केही दिनको आरापछि हामी त्यहाँका सुन्दर ठाउँहरू भ्रमण गर्नतर्फ । त्यहाँ भएका खोलानालाहरू वनजङ्गलहरू असाध्यै मनमोहक र आकर्षक भएको प्रतीत हुँदै थियो । 
त्यहाँका मानिसहरू नम्र र मिलनसार स्वभावका थिए । आफू त्यहीँ जन्मेको भएर होला त्यहाँ बस्न मलाई आफ्नै घर आएजस्तै सारै आनन्द महसुस भैरहेको थियो। 
हाम्रा धेरै जस्ता आफन्तहरू यही बसेका थिए, हामी त्यहाँबाट मेरा फुपू र फुपाजू भेट्न गयाैँ । हामी त्यहाँ हुँदा विभिन्न पर्यटन स्थलतिर पनि लाग्याैँ । 
मिजोरममा रहेको तुइरिवन झरनामा हामी गयाैँ । तुइरिवनगको दृश्यले मैलै त्यहीतिर ताने जस्तो मलाई आभास भइरहेको थियो । 
त्यहाँको हावामा शान्त वातावरण र सन्तुष्टि थियो । प्राकृतिक ठाउँहरूमा बेग्लै अनोखापन हुँदो रहेछ भन्ने मलाई आभास भयो। 
धर्ती आमाले  हामीलाई थुप्रै अनगिन्ति प्राकृतिक सम्पदाहरूले हामीलाई पुरस्कृत गरेकी हुन् भन्ने मलाई लग्यो । 
हामी मिजोरमका अन्य स्थलहरू घुमिसकेपछि हामी दार्जिलिङ, कलिम्पोङ्ग घुम्न जाने भन्ने मैले थाहा पाएँ । लगभग १ दिनमा नै वहाँ पुग्ने भएकाले हामी चाडोभन्दा चाडो कलिम्पोंङ गएर फेरि नेपाल फर्किने योजना बन्यो । 
कालिम्पोङ्ग पश्चिम बङ्गालको हिमालयन फेदमा रहेको पूर्वी भारतीय पहाडी सहर हो । टिस्टा नदीको माथिको किनारमा बसेको । यो सहर सानो भए ता पनि विभिन्न गुम्बा र चर्चहरू को घर हो । 
त्यहाँ शित्तल र अविस्मरणीय परिदृश्यहरूले  त्यहीँको वातावरणमा मग्न बनिदिन्छ। कलालिम्पोङ्गको सुन्दर वादिया र पहाडी स्थलहरूले पर्यटकहरूमध्ये बेग्लै पहिचान बनाएको छ । 
त्यहाँ चारैतिरबाट पहाडले घेरिएकोले होला त्यहाँ असाध्यै जाडो हुनेरहेछ। कालिम्पोङ्गक गुम्बा र चर्चहरू मा मनैहरने सुन्दरता र संस्कृति झल्किरहेको थियो।  
आफ्नो देशमा नभए पनि नेपाल मै भएझैँ मलाई अपार आनन्दको अनुभूति भैरहेको अझै नि याद छ । त्यहाँ अलि दिन घुमघाम गरेपछि हामी फेरि  नेपाल नै फर्किने भयौँ ।
कलिम्पोङ्गबाट फर्किदा मलाई आफ्नो मनबाट नै टाढा जादैँ छु जस्तो महसुस भैरहेको थियो ।  
कुनै दिन अवश्य फेरि कलिमोङ्ग र मिजोरम फर्केर आउँछु भन्ने आसा लिँदै म नेपाल फर्केँ।