Logo

Student Corner

स्पोर्टस् विक

Written by: Sonam Sunner - 27017, Grade IX

Posted on: 01 September, 2023

मेरो विद्यालय डियरवाक सिफल स्कुल अन्य विद्यालयहरूभन्दा फरक विद्यालय हाे । यहाँ फरक फरक गतिविधिहरूमध्ये धेरै क्रियाकलापहरू हुन्छन् । रिडिङ, राइटिङ र काेडिङ सिफल स्कुलकाे मुख्य चिनारी हाे । यस्ता विद्यालयका क्रियाकलापहरूमा बुक टक, डी.एस.एस टक, पोएट्री नाइट, डिबेट नाइट, डी.एस.एन, स्पोर्टस् विक, ओपेन माइक, हाउस वाइज कम्पिटिसन जस्ता थुप्रै कार्यक्रमहरू हुन्छन् । मेरो विद्यालयको स्पोर्टस् विकबारे मलाई केही बताउन मन लाग्याे। 
जब तपाईं  सिफल स्कुलमा पढ्न आउनु हुनुहुन्छ, तब तपाईंलाई चार हाउसहरूमध्ये एउटामा क्रमबद्ध गरिन्छ । चार हाउस मेची, महाकाली, कर्णाली, कोसी हुन् । यी हाउसहरूमध्ये तपाईं कुनै एक हाउसमा चयन गरिन्छ । तपाईं त्यो हाउसमा छनोट भएपछि, तपाईंले आफ्नाे हाउसलाई समर्थन गर्नुपर्छ । स्पोर्टस् विक एक यस्ताे गतिविधि हो जुन तपाईंले आफ्नो हाउस जित्न आवश्यक पहल र मिहिनेत गर्नुपर्छ ।

 

विद्यालयकाे कार्य तालिकाअनुसार स्पोर्टस् विक दसैँ र तिहाकाे बिचमा हुन्छ । स्पोर्टस् विक सुरु हुनुअगि, विद्यार्थी आआफ्ना हाउस शिक्षक र एउटा कोठामा जम्मा हुनेछ। यस अवधिमा तपाईंको हाउस शिक्षकहरूले स्पोर्टस् विक र यसमा संलग्न खेलकुदबारे कुरा गर्छन् । यहाँ खेल र विधाबारे जानकारी दिइन्छ । सम्बन्धित हाउसका हाउस क्याप्टेनहरूले यसबारे थप विचार र खेलबारे आआफ्ना समूहका साथीहरूमाझ छलफल गरी सबैलाई बुझाउँछन् ।  तपाईं या त यो खेलमा भाग लिन छनौट गर्न सक्नुहुन्छ वा नगर्न पनि सक्नुहुन्छ । आफ्नो हाउसलाई जिताउन सबैले सक्दाे प्रयास गर्नुपर्छ । खेल छनौट गर्दा जुन खेलमा आफ्नाे रुचि र क्षमता छ त्यही खेलमा आफूले भाग लिनु उपयुक्त हुन्छ ।

 

विद्यार्थीलाई छनौट गर्न धेरै खेलहरू हुन्छन् । जस्तै बास्केटबल, फुटबल, पौडी खेल्ने, टेबल टेनिस, चेस, ब्याटमिन्टन र अन्य खेलहरू । तर यी खेलहरू केटा र केटीहरूबाट अलग हुन्छन् । केटीहरूले केटीहरूसँग मात्र र केटाहरूले  केटाहरूसँग मात्र प्रतिस्पर्धा गर्छन्  । कुन खेलकुद पहिलो, दोस्रो खेल्ने  र हुने भन्ने तालिका दिइन्छ । प्राथमिक विद्यालय आफैँले सँगै खेल्छन् भने निम्न माध्यमिक विद्याल र माध्यमिक विद्यायले पनि आफैआफैसँग खेल्छन् ।
मेची, महाकाली, कर्णाली, कोसी जुनसुकै हाउस सामूहिक वा एकल खेल हेरिकन विजयी हुन सक्छ ।  तर सबैकाे लक्ष्य भनेकाे जित्ने नै हाे । जित्नका लागि प्रशस्त अभ्यासकाे जरूरत पर्छ । आफ्नो भागको  वा समूहकाे राम्राे तयारी गर्नुपर्छ । आफू सहभागी नभएका वा भाग नलिएका सबै खेलहरू आरामले हेर्न सकिन्छ । ब्याटमिन्टन, टेबलटेनिस, चेस, स्विमिङमा एक एक जना मानिस मात्र विजेता भए पनि हाउस विजेता बन्छ । जबकि बास्केटबल, फुटबलको लागि हाउस नै विजेता बन्छ । स्पोटस् विक विद्यार्थीकाे रमाउने र मनाेरञ्जन गर्ने समय हाे त्यसैले पनि मलाई याे धेरै नै  मन पर्छ  ।