Logo

Student Corner

योग

Written by: Yunisha Pathak - 30043, Grade VI

Posted on: 01 September, 2023

योगले हाम्रो मनलाई शान्त बनाउँछ। योग एक जीवनशैली र परम शान्तिको सफलता हो । योग गर्दा हामीले आफ्नो मन र शरीरलाई सही अवस्थामा ल्याउन सक्छौँ । योग गर्दा हाम्रो शरीरका मांशपेसीहरू सही अवस्थामा बस्छन्। हामी  तन्दुरुस्त हुन्छौँ । हामीले योग गर्दा हाम्रो मन र दिमागमा उच्च विचार आउँछ । हामी तनावबाट मुक्त हुन्छौँ । योग नै हाम्रो जीवन‌को सबैभन्दा ठुलो धन हो । योग गर्दा हामी हाम्रा समस्याहरूको समाधान खोज्न सक्छौँ । किनभने योग गर्दा हाम्रो मन एकाग्र हुन्छ ।
योगका धेरै आसनहरू छन् ।
जस्तै : भुजङ्‌ग आसन,  पदम आसन,  गरुड आसन , नमस्ते आसन,  सूर्य नमस्कार आसन आदि । योगले मानिएको ध्यान गर्ने बानीको विकास गराउँछ। योग गर्ने मानिस कहिल्यै क्रोधित हुँदैन । उनीहरू  सधैँ शान्त स्वभावका हुन्छन् । योगले याे भन्छ कि, " जुन मान्छे क्रोधित हुन्छ, त्यहीँ मान्छेको स्वास्थ्य  नराम्रो हुन्छ I यसकारण हामीहरूले योग गर्नुपर्छ  । योग  गर्ने मानिसहरू महान् हुन्छन् । सधैँ अरूको भलाइ मात्र सोच्छन्  ।