Logo

Student Corner

जन्मभूमिको लामो यात्रा

Written by: Serchung Lahmo Baiji - 25070, Grade XI

Posted on: 30 August, 2023

हिमालय क्षेत्रमा जन्मेकी नेपालीकी छाेरी म । मेरो बाल्यकाल त्यस्तो राम्रो थिएन  । 
आठ वर्षको उमेरमा आफ्नो परिवार, जन्मभूमि र बाल्यकालका साथीभाइलाई बिदाइ दिएर नयाँ ठाउँमा  राम्रो शिक्षाको लागि जानु एउटा बाल्यको लागि हृदयविदारक दृश्य हुन सक्छ । 
जुन मैले पछि महशुस गरेँ । 
काठमाडौंमा १० वर्ष  बसेर माध्यमिक शिक्षा परीक्षा दिएपछि मैले आफ्नो जन्मभूमिको लामो यात्रा सुरु गरेँ l 
मेरो जन्म डोल्पाको शे फोक्सुण्डो नजिकै भएको थियो । आफ्नो आमाबुबा, जन्मभूमि र आफ्ना परिवारहरू भेट्न म आतुर थिएँ ।
खुसीले लुगा सबै छिटोछिटाे प्याक गरेँ
हवाइजहाजकाे टिकट रद्द भएका कारण मामाले चार दिनको यात्राका लागि बसकाे टिकट काट्नु भएको थियो l 
अर्काे दिन म  र मेरी काकीआमा छिटोछिटो बसपार्क पुगेर दुईओटा राम्रो सिट खोजेर बस्याैँ अनि त्यसपछि हाम्रेा लामो यात्रा सुरु भयाे । 
बसपार्कदेखि  थानकोट हुँदै चितवन अनि लुम्बिनीदेखि बर्दिया राष्ट्रिय निकुञ्जसम्म हामीले एक रात बितायाैँ  । त्यसपछि हामीले बिहानको खाजा खायाैँ । त्यही बसमा अर्को दिन बितायाैँ । 
चार दिन पछि तिन सवारी साधनहरू हेरफेर गरेपछि सुलिङ पुगियाे l त्यसपछि दुई दिनकाे पैदलयात्रा गरेपछि आफ्नो गाउँ पुगियाे । 
गाउँ पुग्दै आफ्नो आमाबुबालाई भेट्ने धाेकाे पनि पुरा भयाे । 
गाउँमा मैले परम्परागत खाना डिडो खाएँ । 
एक दिन गाउँ डुल्दै बिताएँ । 
शे फोक्सुण्डो ताल,कान्जिरोवा हिमाल र जङ्गलहरू घुम्दै रमाएँ I 
गाउँमा धेरै वर्ष नबसेकोले मैले बुबालाई गाउँमा किन अहिले धेरै स्थानीय मानिसहरू छैन भनी सोधेकी थिएँ । 
स्थानीय मानिसहरू यता घुमन्ते र पशुपालन जीवन जिउनु हुन्छ l त्यसैले अहिले यहाँका मानिसहरू आफ्ना कृषि कार्यहरू समाप्त गरेर यार्सागुम्बा (कीरा) टिप्न  माथिल्लो हिमालय गएका छन् बुबाले जवाफ थियाे  
यार्सागुम्बा टिप्ने कुरा सुन्नेबित्तिकै मैले पनि बुबालाई जाने भनेर कुरा राखेँ । 
अन्ततः १० दिनको यात्रा तय भयाे ।
भोलिपल्ट छिटो उठेर खाजा खाएर आमाबुबालाई सहयोग गरेपछि हाम्राे पदयात्रा सुरु भयाे । 
छाेरीलाई कठिन हुन्छ भनी बुबाले मलाई घोडा सवारी गर्नु भन्नुभयो । घोडामाथि सवारी गर्नु खोज्दा झण्डै म तल झरिन । आमाले मलाई लड्नबाट जाेगानुभयाे । अनि घाेडा चड्न पनि सिकाउनुभयाे । 
घोडा चड्दै प्रकृति, फूलबारी, नदी , हिमाल आदि देखर म खुशी भएँ । माथिल्लो हिमालय पुग्दा हिमाल र जमीन सबै हिउँले ढाकिएकाे थियो । छिटो छिटो आफ्नो पाल टेकाएर आमा खाना बनाउनुतिर लाग्नु भाे । बुबा र म जङ्गलमा पछिका लागि दाउरा टिप्न गयाैँ  । 
यार्सागुम्बा (कीरा) टिप्ने ठाउँमा हामी मात्र होइन धेरै मानिस जस्ता जुम्लातिर नेपालीहरू पनि थिए । 
त्यी मानिसहरू हिमाल चढेर आफ्नो परिवारको लागि आर्थिक अवस्था सुधार्न यता यार्सागुम्बा टिप्न आएका रहेछन् । 
धेरै यार्सागुम्बा टिपेर अनि बेचेर आएकाे पैसाले जीविकाेपार्जन गर्दा रहेछन् ।
खासमा यार्सागुम्बा टिप्ने ठाउँमा हामी स्थानीय मानिसलाई मात्र टिप्ने अनुमति छ । अन्य मानिसको लागि टिप्न अवैध छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो जीवन जोखिममा राखेर यता आउँछन् र धेरै मानिसहरूले जीवनसमेत गुमाएका छन् ।
कस्ताे दुःखद कुरा !
भोलिपल्ट म पनि यार्सागुम्बा टिप्नका लागि तयार भएँ । 
सबैले यार्चा पाइरहेकाे बेला मैले पाउन नै कठिन भइरहेकाे थियाे । 
म हैरान नै भइसकेकी थिएँ । जसाेतसाे मैले पनि दुई वटा पाएँ । खुशीले छिटोछिटो घर पर्किए । घर पुग्न तुरुन्तै खुशी भएर आमा, बुबा र आफन्तहरू लाई देखाए ।  
चिसाे अत्यधिक हुनेहुनाले म बिरामी नै भए । दुईकाे यार्चा टिपाइपछि आफ्नो गाउँ फर्किहालेँ । दुई दिनका लागि यार्चा टिपाइ, घुमघाम रमाइलाे नै हाे तर त्यहीँ नै जीविकाेपार्जन गर्ने नागरिककाे जीवन साच्चिकै कष्टकर छ, जुन कुरा मैले यहाँ आएर पढेपछि तुलता गर्ने अवसर पाएँ ।
जेहाेस्, मैले पनि पहिलाे पटक यार्चासँग मितेरी लगाएँ ।