Logo

Student Corner

देश

Written by: Kabya Oli - 29014, Grade VII

Posted on: 30 August, 2023

म हिमचुली, म हु नदी नाला ।
म हु  माया,र सबको इसारा ।
छनन् होला नि लाखौँ संसार ।
तर यो सम्झ एक मात्र हुँ म ।

 

छोरा न छोरी सब हुन् आमाका ।
म पनि तिम्रै एक हु हुन त ।  
हिमाल, पहाड र म देशको आकार ।
सम्झ र राख एक मात्र हुँ म ।

 

लाखौं  तारा छन् आकाशमा ।
३० लाखौँ मान्छे एक जमिनमा  ।
म हुँ एक माला हजार फूल,
उनेको छ धागो बिना त ।

 

सुन्दर संसार एकमात्र उद्देश्य।
हुने छ मेरो प्रशंसा  अवश्य ।
असल जनशक्ति असल देश ।
रङ इन्द्रेनीको मेरो त्यस्तै त ?

 

भाषा र  संस्कार छन् विभिन्न।
भिन्नता र एकताको छ पवित्र।
र यो सम्झ एक मात्र हु म ।
रङ इन्द्रेनीको मेरो त्यस्तै  त ?

 

मिलेर बस्छन् सबै मान्छे ।
एक देश  तर  लाखौँ मान्छे ।
देशको रङ भरिन्छ यसले  ।
एक देश  तर  लाखौँ मान्छे ।