Logo

Student Corner

गोलभेँडा उत्पादन प्रक्रिया

Written by: Reha Gautam - 33015, Grade III

Posted on: 30 August, 2023

गोलभेँडालाई अङ्ग्रेजीमा टाेमाटाे भनिन्छ । यो आलु प्रजातिको तरकारीमा पर्दछ । यसले सबै तरकारीहरूलाई स्वादिष्ट बनाउँछ । गोलभेँडामा भिटामिन सि, पोटासियम र क्याल्सियम जस्ता हाम्रा शरीरलाई आवश्यक पर्ने खनिज पदार्थहरू धेरै मात्रामा पाइन्छ । गोलभेँडा टमाटरको नामले पनि प्रसिद्ध छ । यसलाई हरेक देशका विभिन्न प्रकारका खानाहरूमा मिसाएर खाने गरिन्छ । यसभित्रका साना साना दाना गेडा जुन माटोमा ड्याङ बनाएर छरिन्छ । यसकाे बिउ छरिसकेपछि यसका बिरुवा उम्रन्छन् । यो लहरी प्रकृतिको वनस्पति हो । यसले दुईतीन महिनाभित्रै बाली दिन सुरु गर्छ । गोलभेँडा  किसानहरूका लागि मुख्य आम्दानीको स्रोत बनाउन सकिन्छ ।