Logo

Student Corner

अन्धकार रात

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 29 August, 2023

बर्षाको राती, एक्लोपनको छायामा,
आँखाहरूले  अन्धकार हेरिरहेको रात,
डराएको मन एकोहोरिरहेको छ
उदास मनको पल बिताएको रात।

 

ताराहरूको चम्किलो प्रकाश
आउन सकेको छैन पृथ्वीमा
आँखामा स्पर्श गरेको छ 
मनलाई छुन सकेको छैन ।

 

हेर्दा वर्षाको बल बलबान् छ
शक्तिशाली जोड तोडले
गर्जेको आकाशलाई हेरेर
मन थामिएको छ एकछिन ।

 

साथीविनाको साथको रात,
रहस्यमय र डरलाग्दो
अशान्त भित्रको शान्तपन
रातमा पनि मनमा डेरा जमाउँछ ।

 

आकाशमा चम्किन्छन् 
ताराहरू, रातलाई वास्ता नगरीकन
दिनको किरणलाई बोलाएर
आनन्द भर्न समयको गतिलाई
पछाडि पार्दै हिँडिरहेछ त्यो रात ।