Written by: Prasiddha Shrestha - 28008, Grade VIII
Posted on: 29 August, 2023
वर्षमा चार महिना हुन्छ
त्यसमध्ये वसन्त ऋतु पनि हुन्छ
फूलमा कोपिला लाग्ने महिना
फूल फुल्ने महिना ।
हराभरा हरियाली हुने वसन्त ऋतु
जहाँ हेरियो हरि हरियो
जता हेर्याे फूलैफूलका
रमाइला पलहरू ।
बगैँचामा फूलैफूल
कौसीको गमलामा फूलैफूल
फूल देखेर भगवान पनि प्रसन्न हुने
मनमोहक आनन्द
सुखदायी महिना
न जाडो न गर्मी
सबैभन्दा रमाइलो र मनमोहक
बोटबिरुवामा नयाँ पात पलाउने
चैत र वैशाख महिनामा पर्ने वसन्त
रङ्गीचङ्गी फूल हेर्न पाउने मौसम
सबैले सुखी र दुःखी भुल्ने पलहरू
आहा! अत्याचार रमाइलो
ऋतुराज भनेर चिनिने ऋतु