Logo

Student Corner

मेरो मन पर्ने खेल

Written by: Sarvesh Raj Adhikari - 30056, Grade VI

Posted on: 29 August, 2023

मेरो मनपर्ने खेल फुटबल हो । यो मेरो मात्र होइन यो संसारभरका  ५ बिलियन जनाको मनपर्ने खेल हो। म फुटबल धेरै राम्राे खेल्छु ।  मलाई मेरो कक्षाबाट कसैले पनि जित्न सक्दैन । याे खेल खेल्ने खेलाडीहरूमध्ये मेरो मनपर्ने खेलाडी मेस्सी हो । मेरो लागि मेस्सी सबैभन्दा राम्रो खेलाडी हो किनकि मेस्सीसँग सबै ट्रफी छ । अवार्ड सबै छैनन् तर ट्रफी सबै छन् । मलाई पनि मेस्सी जस्तै हुन मन छ । म फुटबल हरेक दिन खेल्छु किनकि याे मेरो मनपर्ने खेल हो । यसमा ११  जनाको टिम हुन्छ । धेरै जस्तो ३ ओटा स्ट्राइकर, ३ ओटा मिडफिल्डर , ४ ओटा डिफेन्डर र गोलकिपर सधैँ एउटा हुन्छ। म  स्ट्राइकर खेल्छु, मैले गोल हान्नुपर्छ । मिड फिल्डटले थोरै गोल र बढी पास खेल्नुपर्छ । फुटबल एउटा रमाइलो खेल हो । यो खेल्न र हेर्न मज्जा आउँछ । हामी विद्यार्थीहरूले पढाइका साथ साथै खेल पनि खेल्नुपर्दछ । खेल खेल्दा हाम्राे शरीर स्वस्थ हुन्छ, हामीलाई  मनाेरञ्जन पनि प्राप्त हुन्छ ।