Written by: Subigya Baral - 25026, Grade XI
Posted on: 28 August, 2023
भनिन्छ, मान्छेकाे जीवन अनुभवकाे सँगालाे हाे । म भर्खरै कक्षा १० पास गरेर ११ कक्षा पढ्दै गरेकी विद्यार्थी ।
जेहाेस् मैले कक्षा १०मा बिताएका क्षणहरू आफ्नो जीवनको महत्त्वपूर्ण पलहरू ठान्छु ।
यी पलहरूले मलाई धेरै कुराहरू सिकाएको छ ।
कक्षा १० भने पछि एसइईको लागि केन्द्रित भएर पढ्ने हो भनेर सुन्दै आएकी थिएँ तर जब मेरो कक्षा १० सुरु भयो मलाई त्यस्तो केही पनि लागेन ।
कक्षा दस सुरु हुनुभन्दा अगाडि हामी हाम्रो स्कुलका केही गुरुहरू र विद्याथीहरू मिलेर ‘पुन हिल’ पदयात्रामा गएका थियौँ ।
कक्षा ९ को पदयात्रा कोभिड-१९ ले गर्दा रोकिएको थियो ।
हामी सबै मिल्ने साथीहरू र ३ गुरुहरू गएका थियौँ । हामी सबै मिलेर त्यो ६ दिनको ट्रिपमा धेरै रमाइलो गर्याैँ ।
सबैले एक अर्कालाई सहयोग गर्दै हामी हाम्रो गन्तव्यमा पुग्यौँ । त्यो ६ दिनको ट्रिपले हामी २३ जनालाई परिवार जस्तो बनाएको थियो ।
जब कक्षा सुरु भयो हामी सबै जना मिलेर बस्थ्यौँ र सबै गुरुबा गुरुआमालाई हाम्रो सेक्सन राम्रो लाग्थियो । हामीमा एउटा एकता थियो ।
स्कुल सुरु भएको १ महिनापछि हामीले हाम्रो सिनियर दाइ दिदीहरूलाई बिदाइ कार्यक्रम गरेका थियाैँ । तयारीका लागि हामीलाई एक हप्ता समय दिइएकाे थियाे ।
त्यो एक हप्ता कसरी बित्यो पत्तै भएन । रमाइलाे र रूचीकाे विषय भएपछि समय कति छिटाे बित्दाे रहेछ मैले अनुभूत पनि गरेँ ।
हरेक दिन बिहानीमा म र मेरा साथीहरू नाँचको तयारी गर्थे । म र मेरा साथीहरूले कार्कक्रमकाे व्यस्थापनकाे जिम्मा पनि लिएका थियाैँ । सबै जना खुशी भएका थिए । हामीले हाम्रा दाइदिदीहरूलाई राम्रो सँग बिदाइ गर्याैँ । पहिलो टेर्म मा कक्षा १० के हो भनेर बल्ल थाहा पैरथिए, जब परीक्षा नजिक आउन थल्यो तब सबै जना आत्तिन थाल्याै ।
कोविड -१९ ले गर्दा हामीले कक्षा ९ मा सबै परीक्षा अनलाइन दिएका थियाैँ । जतिसुकै कुरा गरे पनि भाैतिक कक्षाजस्ताे अनलाइन कक्षा नहुने नै रहेछ । सबै जनाले आफ्नो परीक्षामा राम्रो गर्न खोजेकै हाैँ तर परीक्षाकको फल सोचेको जस्तो राम्रो आएका थिएन । तब मैले दाइदिदीहरूले भनेको कुरा सही रहेछ भनेर सोचेँ । तर पछिपछि अझै मेहेनत र गुरुहरूको साथले हामी सबै विद्यार्थी लाई सजिलो भैइरहेको थियो ।
समय आफ्नै गतिमा बग्दै थियाे । हाम्रो विद्यालय मा 'लिटेचर फेस्ट' भएको थियो र त्यसमा नेपाली र अङ्ग्रेजी दुबैमा कविता वचन्, नाटकहरू र कथा वाचन भएको थियो । त्यसमा हामी कक्षा १० का विद्यार्थीहरूलाई स्वयंसेवककाे भूमिका दिइएकाे थियाे । म अनुहारमा चित्र बनाउने कार्यक्रममा स्वयंसेवककाे काम गरेँ । मलाई यी तिन दिन बच्चाहरूको अनुहारमा चित्र बनाउन धेरै मज्जा आएको थियो । त्यतिबेला धेरै पढाइ पनि भएको थिएन । हामीले विद्यालयलाई दुलहीझैँ सजाउन मद्दत गर्यौं ।
हाम्रो विद्यालयले हामीलाई हरेक वर्ष दशैभन्दा अगाडि वा पछाडि मिलाएर पदयात्रामा लाने गर्दछ । मैले माथि पनि पदयात्राकाे कुरा गरेकी थिएँ ।
खासमा त्याे चाहिँ हामी आफैले व्यवस्थापन गरेर गएकाे पदयात्रा थियाे ।
यसै मेसाेमा कक्षा १० मा हामीलाई 'घान्द्रुक' लगिने याेजना बन्याे ।
हामी त्यसै फुरूङ थियाैँ । पदयात्रा ५ दिन को थियो ।
यात्राकाे पहिलाे दिन धादिङमा ५/६ घण्टाको जाममा परियाे । पहिलो एक घन्टा बिताउन निकै गाह्रो भएको थियो । पछिल्ला घन्टाहरू हामीले सबै मिलेर बाटो गितार बजायाैँफ नाच्याैँ, गायाैँ । तास पनि खेल्याैँ । पोखरा पुग्दा रातिको १० बजेकाे रहेछ । ।
दोस्रो दिन हामीलाई निकै हिंड्नु परेको थियो । पहिलो दिनको तालिका बिग्रिसकेको थियो । हामी दोस्रो दिन बिहानीकाे खाजा खाएर घान्द्रुकतिर लग्याैँ । तेस्रो दिन भने हामी घन्द्रुक नै पुग्याैँ ।
त्यहाँ गुरुङ लुगा लगएर तस्बिर किच्याैँ । राति बार्बिक्यु पनि गरेका थियाैँ । भाेलिपल्ट हामी पोखरातिर फर्कियाैँ ।
हामीलाई राती को ९ बजेसम्म होटेल पुग्न आदेश दिइएको थियो । पाँच दिन निकै रमाइलो भएको थियो । सबै जना गाउँदै हिड्न हिड्दा गन्तव्यमा कहिले पुगियाे थाहा नै भएको ।
विद्यालय फर्केपछि हाम्रा धेरै परीक्षाहरू भए । सुरूका परीक्षा खासै राम्रा पनि भएनन् । बिस्तारै परीक्षाहरू पनि राम्रा हुँदै गए । परीक्षाका लागि हामी मानसिक रूपमा पनि तयार हुँदै थियाैँ ।
हामी भने विद्यालयमा जतिसुकै पढाइको तानब हुँदा पनि मेरा साथीहरू र म तिहारको बेलामा एकदुई चोटि भेटेर तास खेलेकै हाे । बारिक खान पनि गएकै हाे एक पटक त यस्तै पार्टीमा हाम्राे ३० हजारको बिल आएको थियो । सबैले जुलीजुली तिर्याैँ पनि ।
अन्ततः एसइईकाे परीक्षा पनि दिइयाे । राम्राे पनि भयाे । अहिले म कक्षा ११ पढ्नका लागि डियरवाक सिफल स्कुलमा भर्ना भएकी छु ।
मैले सुरूमा नै भनेकी छु । जीवन अनुभवकाे सँगालाे हाे । मैले पनि यहाँ छाेटा समयमा यस्तै थुप्रै अनुभवहरू लिइरहेकी छु ।
अर्काे लेखमा भन्ने छु ।