Logo

Student Corner

क्रिकेटसँगको मेरो सम्बन्ध

Written by: Ravi Raj Singh - 27010, Grade IX

Posted on: 28 August, 2023

म क्रिकेटको बारेमा सानैदेखि रुचि राख्थेँ । जब म ५ वर्षको थिएँ त्यति बेला मैले क्रिकेटको बारेमा थाहा पाएको थिएँ । त्यतिबेला म टेलिभिजनमा  मात्र  क्रिकेट हेर्ने गर्दथेँ । त्यतिबेलादेखि नै मैले सोचिसकेको थिएँ कि,म पनि ठुलो भएपछि एउटा क्रिकेटर बन्ने छु। अनि त्यतिबेलादेखि नै मैले क्रिकेट खेल्न सुरु गरेँ अनि बिस्तारै बिस्तारै अलि अलि कुरा सिकेँ सबैभन्दा पहिला मैले क्रिकेट ब्याटलाई कसरी चलाउने भनेर सिकेँ ।
अर्काे चरणमा मैले क्रिकेटको बल कसरी फाल्ने भनेर सिकेँ र यो सबै कुरा मैले विराट कोहली  क्रिकेट खेल्दा कसरी खेल्छ भनेर सिकेँको हुँ । कोहली एउटा राम्राे व्यवसायिक क्रिकेट खेलाडी हुन् । विराट कोहली भारतको पछिल्लाे समयकाे सबैभन्दा राम्राे क्रिकेटर हुन् । उनी भारतीय खेलाडीहरूमध्ये सबैभन्दा प्रसिद्ध र राम्रो खेलाडीका रूपमा चिनिएका छन् । उनले सानैदेखि नै धेरै मेहेनत गरेर आफूलाई भित्रबाट खोतली खोतली राम्रो बनाएका छन् । मैले उनीबाटै सबै कुरा ७ वर्षकाे उमेरमा अलि अलि क्रिकेट खेल्न सिकेको थिएँ । त्यसपछि म खेल्दै गएँ । धेरै जस्तो म क्रिकेट मेरो गाउँमा खेल्ने गर्दथेँ । त्यसपछि म लगातार खेल्दै गएँ।  अहिले म १४ वर्षकाे भइसकेको छु । मैले अहिलेसम्म क्रिकेटको बारेमा धेरै कुराहरू सिकेको छु । मलाई क्रिकेटको बारेमा धेरै कुरा थाहा हुनुको कारण म, छिटै कुनै क्रिकेट क्लबमा जानेछु । त्यहाँ गएर आफ्नो खेलकुदलाई अझै सुधार्ने प्रयास गर्ने छु।  खेल्दै खेल्दै अझै राम्रो खेलाडी बन्ने छु । मलाई मेरो देशको लागि खेल्न धेरै नै मन छ । त्यससँगै अब हाम्रो देश नेपाल पनि क्रिकेटमा विकास गर्दै गइरहेकाे छ । जब म अझै ठुलो भएर राम्राे खेल्ने छु, तबसम्म हाम्रो देशले क्रिकेटमा धेरै विकास गर्ने मेराे विश्वास छ ।
म, जब मैले क्रिकेट खेल्न थालेँ त्यतिबेला देखि नै मेरा धेरै साथीहरू बने । मेरो घरमा सबै जना क्रिकेट खेल्ने गर्दछन् । कसैले पनि क्रिकेटमा आफ्नो भविष्य बनाउन सकेनन्, तर म पक्कै पनि आफ्नो भविष्य क्रिकेटमा लगाउने छु र बनाउने छु । त्यति मात्र होइन, मेरो सपना त नेपालको सबैभन्दा ठुलो र राम्रो क्रिकेट खेलाडी बन्ने छ । हाम्रो देशमा अहिलेसम्म धेरै प्रसिद्ध खेलाडीहरू छैनन् । विदेशी धेरै जस्तो खेलाडीहरूले हाम्रा देश का  खेलाडीहरूलाई कमै मात्र चिन्छन् । त्यसै कारण हाम्रो देशका खेलाडीहरूलाई चिनाउन मैले राम्राे क्रिकेट खेल्ने छु ।

 

हाम्रो देशमा क्रिकेट भन्ने कुरा भर्खरै विकास हुँदै छ र बल्ल बुझ्दै छन् । हाम्रो देशमा धेरै जस्तो मानिसहरूले फुटबल खेल मात्र मन पराउने गर्दछन् । हाम्रो देशलाई क्रिकेट खेलमा यति अगाडि बढाउने छु कि धेरै देशहरूले नेपाललाई राम्राे क्रिकेट खेल्ने देश भनेर पनि चिन्ने छन् । क्रिकेट खेल एउटा यस्तो खेल हो जुन एक जना व्यक्ति मात्र एक्लै खेल्न सक्दैन त्यसकारण हाम्रो देशलाई क्रिकेटमा अघि बढाउन हाम्रो देशलाई एउटा राम्रो क्रिकेट टिम चाहिन्छ जसले हाम्रो देशको नाम चम्काउन सकाेस् ।
हामीले हाम्रो देशमा क्रिकेट खेललाई अगाडि बढाउन हाम्रा देशका युवाहरूलाई क्रिकेट खेलको बारेमा जानकारी गराउनुपर्छ । देशका युवाहरूलाई क्रिकेट खेल खेल्न प्रोत्साहित गर्नुपर्छ । तिनीहरू जति सक्दाे मेहेनत गरी राम्ररी खेलेर हाम्रो देशलाई अगाडि बढाउन सहयोग गर्छन् र आफ्नो नाम पनि चम्काउँछन् अनि तिनीहरू देशका गहना बन्छन् ।