Logo

Student Corner

सिमी

Written by: Aashutosh Kafle - 33026, Grade III

Posted on: 28 August, 2023

परिचय 

 

सिमी एक प्रमुखको कोसेबाली हो । सिमीका काेसा हरियो तरकारीका रुपमा र सुकेका गेडा दाल र तरकारीका रुपमा प्रयोग गरिन्छ । सिमीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । 

 

सिमी उत्पादन प्रक्रिया 

 

सुरुमा मल राखेर बारी खनजोत गर्नुपर्छ । बारी तयार भएपछि माटाेलाई पानीले भिजाउनुपर्छ । त्यसपछि बिउ रोप्नुपर्छ । बेलाबेलामा पानी हालिदिनुपर्छ । सिमी उम्रेर बोट बन्न थालेपछि थाँक्रा हालिदिनुपर्छ । थाँक्रा हालेर गोडमेल गरिरहनुपर्छ । सिमीको बोटमा फूल फुल्न सुरु हुन्छ अनि सिमी फल्न पनि सुरु गर्छ । यसको बोटमा किरा लागेमा औषधी पनि हालिदिनुपर्छ ।