Logo

Student Corner

छिमेकी छोरो अल्छीको मोरो

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 25 August, 2023

छिमेकी छोरो 
कति राम्रो 
तर यो छोरो 
अल्छिको मोरो ।

 

छिमेकी छोरो 
कति पढ्ने 
तर यो छोरो 
किताब नै नछुने ।

 

छिमेकी छोरो 
कति आदर देखाउने 
तर, यो छोरो 
अरूसित नबोल्ने बाटो भेटाउने।

 

छिमेकी छोरो 
कति सहयोगी 
तर, यो छोरो 
एक नम्बरको दुःखको रोगी ।

 

छिमेकी छोरो 
सधैँ हास्ने 
तर यो छोरो 
सधैँ आँसु झर्ने।

 

छिमेकी छोरो 
कति राम्रो
तर यो छोरो 
छैन केही कामको

 

यो अल्छिको मोरो 
यसले कहिले महसुस गर्ने हो 
यो अल्छीको मोरो 
कहिले बन्छ छिमेकीको छोरो ?