Logo

Student Corner

खुसी

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 25 August, 2023

यो भावना फेला पार्छु भन्ने सोचेको थिइन,
जुनमा म विश्वासै गर्दैनथे,
तर अहिले मसँग छ,
यसको साथ कहिल्यै नछुटोस् ।

 

कोही खोज्छन् यो चोर्न,
भएको खुसीलाई निचोर्न,
कहाँबाट आउँछ यो,
आशाले हैन,
अपेक्षाले हैन,
शान्तता,कृतज्ञतासाथ
खुसीको बल्ल हुन्छ आभाष।।

 

नाप्न सकिँदैन यो भावना,
मूल्य पनि छैन यसको,
मनबाट उब्जन्छ यो,
मनबाटै मरेर जान्छ यो।।

 

अरूले दबाउन खोज्ला,
अरूले लिन पनि खोज्ला,
सुन जस्तै मूल्यवान छ यो,
त्यसैले कसैलाई पनि लिन नदेऊ,
आफू भित्रै राख,
किनकि यो तिमीमै बस्ने कुरा हो,
आभास हुने समय मात्र फरक हो।।