Logo

Student Corner

घरबाटै पढाैँ  कक्षा

Written by: Paniz Shrestha - 2029021, Grade III

Posted on: 30 August, 2020

यो वर्षको वैशाख महिनाबाट कोराेना रोगको महामारीका कारणले गर्दा हाम्राे विद्यालय बन्द भयो । त्यसपछि विद्यालयका शिक्षक शिक्षिकाहरूले ‘घरबाटै पढाैँ’  भनेर अनलाइन शिक्षा संचालन गर्न थाल्नुभयो । ‘घरबाटै पढाैँ’ कक्षा सुरुसुरुमा गाह्रो भएतापनि अहिले मलाई बानी परिसक्यो । घरमै बसेर, घरकै खाएर पढ्न पाउँदा मलाई खुसी लाग्छ । कक्षाकार्य र गृहकार्य पनि अनलाइनबाटै पठाउनुपर्छ । हामी अनलाइनमा साथीहरूलाई देख्न र बाेलेकाे सुन्न सक्छाैँ । हामी  एकचोटि नेहा गुरुआमासँग अनलाइनबाट नै एउटा संग्रहालयमा घुम्न गएका थियाैँ । धेरै रमाइलाे लागेकाे थियाे । साथीहरूलाई भेटेर खेल्न, पढ्न र कुरा गर्न नपाएकोले चाँहि साह्रै नरमाइलो लाग्छ ।