Logo

Student Corner

म पनि डियरवाककाे सदस्य …

Written by: Shubham Devkota - 25060, Grade XI

Posted on: 24 August, 2023

खासमा काठमाडाैँ नै मेरा लागि नाैलाे ठाउँ थियाे । भनेपछि स्कुल त स्वतः नै नाैलाे हुने नै भयाे ।
विद्यालयकाे पहिलाे दिन म  साँच्चै डराएको नै थिएँ । कारण मैले माथि नै भने । 
भर्ना हुनुभन्दा अगाडि म डियरवाकमा भर्नाकाे परामर्शका लागि आएकाे थिएँ ।
मलाई डियरवाक सामान्यभन्दा स्कुलभन्दा भिन्न स्कुल छ भन्ने कुराकाे छनक पाइसकेकाे थिएँ ।
अन्ततः म डियरवाकमा नै पढ्ने भएँ । 
पहिलाे दिन म उत्साहमा साथ आवश्यक समय भन्दा ३० मिनेट अगाडि नै कक्षामा पुगें । 
म दाङबाट एइई सकेर काठमाडाैँ प्रवेश गरेकाे विद्यार्थी अनि काठमाडाैँमा आफ्नै घर पनि नभएकाे मान्छे ।
कपनस्थित सानीआमाकाे घरबाट मलाई चावहिलस्थित डियरवाक सिफल स्कुल आउन पनि सजिलाे हुने भनेर म त्यही नै बसेकाे थिएँ ।
पुरै उपत्यका मेरा लागि नाैलाे भएका कारण सुरूमा त कपनदेखि चावहिल छिचाेल्न पनि मलाई हम्मेहम्मे नै पर्याे ।  
म अलिक अग्लाे नै छु । टेम्पुबाट मित्रपार्कसम्म आउन पनि मलाई सकस भएकाे थियाे । साेचेँ, सधैँ यसरी नै सकसपूर्ण यात्रा त कसरी गर्न सकिएला र ? फेरि अर्काे मनले भन्याे, विकल्पहरू पनि त हाेलान् नि । 
विद्यालयका नियमबारे म अनभिज्ञ थिएँ त्यसैले मैले पहिलो दिन ल्यापटप ल्याइनँ। 
नयाँ साथीहरूसँग परिचय गराएर पहिलो दिन सामान्य रूपमा बित्यो र हाम्रा कक्षा शिक्षक रोहित सरले हामीलाई खाना खानकाे लागि विद्यालयले नै निर्माण गरेकाे सफ्टवेयरमा खाता खाेल्न मद्दत गर्नुभयाे । 
मैले यसरी खाना अर्डर गरेर स्कुलमा कहिल्ये पनि खाएकाे थिइनँ । मलाई अचम्म र रमाइलाे अनि फरक लागिरहेकाे थियाे । 
टक्क आफ्नाे अकाउन्ट खाेलेपछि खानाकाे मेनुमा गएर मन लागेकाे खाना खाना पाइने गजबकाे ताैरतरिका । 
पहिलाे दिन हामीहरूलाई खानाका लागि राेहित सरले सानाे कुपन दिनुभयाे  । म बस्ने ठाउँमा नै रितेश पनि डियरवाकमा नै पढ्ने भएकाेले मेराे पहिलाे साथी ऊ नै भयाे ।
आहिले त कक्षाका सबै साथीहरू मेरा मित्र बनिसके तर पहिलो दिन मेरो ४/५ जना मात्र मित्र बनेका थिए।  
युजेनस, समीर, चञ्चल र  रितेशसँग मेरो पहिलो दिन मै गहिरो मित्रता बन्यो । हामी खाना खान पनि सँगै गएका थियाैँ अनि  घर नि सँगै फर्कियाैँ । 
पहिलो दिनमा सबै शिक्षकहरूसँग चिनजान त भएन तर हाम्रो उमेश सर,  , रोहित सर,मधु सर, विष्णु सर, बासु सरसँग हाम्राे चिनजान भयाे ।
अहिले सबै शिक्षकहरू आफ्नै परिवारका सदस्यजस्तै लाग्छन् । 
शैशव सरले हामीहरूलाई कम्प्युटर पढाउनुहुँदाेरहेछ । वहाँ लगातर दुर्इ घन्टी रहेछन् । पहिलो घन्टीमा हामीले परिचय आदानप्रदान गर्याैँ । दाेस्राे घन्टीमा हामीले पढाइका कुरा गर्याैँ । त्यसै पनि मलाई कम्प्युटर मन पर्ने विषय हाे । म निकै उत्साहित थिएँ । 
हाम्राे कक्षाहरू अलिक अगाडि नै सञ्चालन भएका थिए । अरू स्कुलकाे तुलनामा । पहिलाे दिन त हामीहरूसँग किताब पनि थिएन ।
मैले पहिले पढेको स्कुल र यो स्कुलमा रहेको कै फरक कुरा वन्छु 
मैले पहिले पढेको स्कुल दाङको सबैभन्दा राम्रो स्कुल मध्ये एक भएता पनि  ख देशकै राजधानी काठमाडौँको विकास र यहाँको चालचलनले गर्दा यो स्कुल मेरो पुरानोभन्दा धेरै कुरामा फरक छ । 
मलाई मन पर्ने विषय पनि आइटि र आइटिका लागि यो स्कुलले थुप्रै पुर्वाधारहरू सिकाउँछ भन्ने कुरा मैले सुनेको थिएँ । नभन्दै मैलै दिनदिनै नयाँ कुराहरू सिक्दै छु । 
यहाँ पढाइका साथसाथै अरू थुप्रै कुराहरू अगाडि बढाउन पर्ने रहेछ । डिएए टक कार्यक्रम प्रत्येक हप्ता हुन्छ । 
कार्यक्रम सबै विद्यार्थीहरू कै नेतृत्वबाट चल्ने रहेछ । मेराे बाैल्ने पालाे पनि नजिकिँदै छ । डर पनि लागिरहेछ । फेरि पनि बाेल्नु छ छँदै छ । 
यहाँ आएर मैले पहिलाे पटक नेपालीका आफ्नाे लेख नेपालीमा टाइप गरेँ । कठिन त छँदै छ । तर नयाँ कुरा सिक्न पनि पाइएकाे छ । यहाँ विद्यार्थीहरूले खुबै लेख्दा रहेछन् । तेज सरले विभिन्न पत्रिकामा छापिएका लेखहरू हामीलाई देखाउनु पनि भएकाे थियाे । म पनि टाइप र लेखनमा लागि प्रयासरत् छु ।
जेहाेस्, पहिलाे दिन रमाइलाे तरिकाले बित्याे । साथी रितेशसँग उपत्यकाका अरू कुराहरू पनि बुझ्नु मेरा लागि आवश्यक बनेकाे छ ।