Logo

Student Corner

सपना

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 24 August, 2023

सबैको यहाँ आफ्नै आफ्नै सपना
पछि कसैको सपना हुन्छ कि विपना !
सपना त धेरै, तर पूरा गरौँ कुनै न कुनै
माथि पुगेका छन् सपना देख्ने उनै

 

मिहिनेतविना केही हुन्न है पूरा
पूरा गरौँ काम गर्नुभन्दा कुरा
एकैचोटी केही काम हुन्न पूरा
केही गर्दा लाग्छ सारै खुसी

 

सबै काम कुराको हुन्छ , आफ्नै समय
अशीर्वाद पाउँदा खेरी ठुलो मान्छे बन्नू
मातापिताको भनाइ लिई अघि बढ्नू
भन्नुहुन्छ सगरमाथाको शिखर चढ्नु ।

 

सबैको सपना साकार हुन्छ भन्ने पनि छैन
त्यसको अर्थ कामै नगर्ने भन्ने पनि होइन 
सबैको सपनालाई सम्मान गर्न सिकाऔँ र / 
सिकेको कुरा काम यसमा पछि नपरौँ ।