Logo

Student Corner

वसन्त

Written by: Eshanee Manandhar - 28004, Grade VIII

Posted on: 23 August, 2023

वरिपरि फूल भने, सफा आकाश माथि 
पुतली उडिरहेको, कमिलाको ताती 
यो वसन्त ऋतु हो त , फूलहरूको ऋतु 
वसन्त नै ऋतु राजा , सुखद यो ऋतु  ।।१ ।।

 

फूलहरूको वरिपरि , भँमरा घुम्छन् 
फूलहरू माथिपटी , मौरीहरू उड्छन् 
शीतल हावा आयो , शीतल मन 
वसन्त ऋतु आयो, फूल, पुतली छन् ।।२ ।।

 

बगैँचा रङ्गी चङ्गी, देख्छ यो बेला 
जनावरहरूको हुन्छ, त्यही बेला मेला 
सबै चिज खुल्ला देख्छ , सबैजना सुखी 
वसन्त आएपछि ,कोही हुन्न दुखी ।।३।।

 

जाडो हावा गइसक्यो, आउछ केही पछि 
अहिले वसन्त नै , रमाउँ अहिलेदेखि 
वसन्त ऋतुमा अब, रमाइ बिताऊँ 
यसै ऋतु फूलको ऋतु , यो वसन्त ऋतु  ।।४ ।।

 

वरिपरि फूल भने, सफा आकाश माथि 
पुतली उडिरहेको, कमिलाको ताँती 
जाडो हावा गइसक्यो, आउँछ केही पछि 
अहिले वसन्तमा नै , रमाऊँ मनैदेखि ।।५।।