Logo

Student Corner

धनको वास्तविक सत्यता

Written by: Sauharda Bajracharya - 26010, Grade X

Posted on: 23 August, 2023

कुनै एक समयको कुरा हो, अमेरिकाको एउटा सहरमा, आरव नामका एक नेपाली बस्थे । आरव एक धनी व्यापारी, राजन थापाका एक्लो १६ वर्षका छोरा थिए । थापा परिवारकाे व्यापार नेपालदेखि अमेरिकासम्म फैलिएको थियो । सबैले आरवले व्यापारलाई बढाउँदै जाने र विश्वकै सबैभन्दा धनी नेपाली परिवार बनाउने भन्ने सोच्थे । तर आरव भने, आफ्नो बुबाको व्यापारमाभन्दा ठुला ठुला पार्टीहरू र महँगो महँगो ग्याजेटहरूमा अनावश्यक पैसा खर्च गर्थे ।

 

यसरी आफ्ना बुबाको पैसा अनावश्यक कुरामा खर्च गरे पनि आरव एक दयालु र मिलनसार थिए । उनी आफ्ना साथीहरूसँग समय बिताउन मन पराउँथे, धेरै जस्तो भने अमेरिकामा नै जन्मेका र हुर्केका । विद्यालयमा ठुलो परियोजना सकेकाे अवसरमा आरव र उसका साथीहरू, लियम, अमिन र आर्यनलाई लिएर अर्कै सहरमा खान गएका थिए ।

 

अर्को सहरमा टाढा पुगेपछि, उनीहरू हाँसेको आवाज सहरको कुना कुनामा गुञ्जिएको थियो । उनीहरू एउटा महँगो रेस्टुरेन्टमा गए र महँगो महँगो विदेशी परिकारहरू अर्डर गर्न थाले । कहिले पनि पैसाको चिन्ता नभएको भएर आरवले खर्चको चिन्ता नगरी लाखौँको विदेशी परिकार अर्डर गर्यो । महँगो स्याम्पेन र पेय अर्डर गरेर उनीहरूले आफ्नो रात बिताए । आरवले सबै पैसा आफैँ तिर्छु भनेपछि त उसका साथीहरू त दङ्ग परे ।

 

दिनहरू रातमा बदलिए, हप्ताहरू महिँनौमा, आरव र उनका साथीहरू दिनरात महँगो महँगो रेस्टुरेन्टमा खान जाने र लाखौँ पैसा खर्च गर्ने क्रम बढ्दै गयो । धेरै जस्तो अवस्थामा त आरवले नै सबै खानाको पैसा तिरिदिन्थे । थापा परिवारको पैसा ठुलाे गहिराइ भएको इनार जस्तै देखियो । यसरी खर्च गर्दै जाँदा त थापा परिवारको सम्पत्ति थोरै थोरै गर्दै धेरै घट्दै गइरहेको थियो ।

 

आफ्नो छोराले खर्च गरेको पैसाको मात्रा देखेपछि राजनले एक दिन आरवलाई आफ्नो प्राइभेट अफिसमा बोलाए, घरभन्दा धेरै टाँढा । “आरव”, राजनले भने, “तिमीले अघिको केही महिनाहरूमा १० लाखभन्दा धेरैको खाना खाएका रहेछौँ । तिमी आफ्ना साथीहरूसँग समय बिताउँछौ, त्यसमा म खुसी छु तर १० लाख भनेको सानोतिनो रकम होइन । हाम्रा बुबाहरूले यती कमाउन कति वर्ष लगाएका थिए ? मलाई लाग्छ तिमीलाई पैसाको महत्त्वबारे थाह नै छैन । तिमीले पैसा कसरी खर्च गर्ने, कता खर्च गर्ने, कति खर्च गर्ने, यसबारे ज्ञान हुनुपर्छ । आफूले गरेको कामको नतिजालाई तिमीले आफै जिम्मेवारी लिनुपर्छ । आशा छ कि तिमीले बुझ्यौ होला ।” यती भन्दै राजनले आरवलाई बिदा गरे ।

 

बाबाकाे कुरा सुनेपछि जिम्मेवारीको भावना महसुस गर्दै आरवले आफ्नो बुबाले भनेको कुरामा ध्यान दिए । उनले आफ्ना साथीहरूलाई भेला गरे र उनीहरूलाई यसको बारेमा सुनाए पनि । सुरुमा, मिश्र भावनाहरू आए, किशोरावस्थामा भएको कारण, कोही हाँसे र असहमत भए, काेही सहम पनि  । तर, यो कुनै हाँस्ने कुरा थिएन । आरवले सबै जना पैसाकाे  महत्त्वबारे पढ्ने र यसको महत्त्व जानेपछि मात्र खर्च गर्ने भनेर उनीहरूलाई सुनायाे । 
यसपछि उनीहरू पैसाबारे खोजी गर्ने यात्रामा लागे । उनीहरूले पैसा विनाकारण खर्च गर्नुभन्दा केही नयाँ काममा लगाउनु पर्ने र सहयाेग गर्नुपर्ने कुरा अनुभव गरे । उनीहरूको मित्रता यो नँया जीवनशैलीबाट झन् बढ्यो । उनीहरूले धन भनेको पैसा पात्र नभएर, पैसा कमाउने क्रमका अनुभव, सम्बन्ध र व्यक्तिगत वृद्धिको समृद्धि हो भनेर पनि  बुझे । नयाँ जीवनशैली र ज्ञानका साथ, उनीहनरूले पैसाको महत्त्व बुझे, आरवले पनि अब धेरै पैसा खर्च गर्नुको सट्टामा आफ्नो बुबालाई व्यापारमा सहयोग गर्न थाल्यो । यसबाट हामीले सिक्न सक्छौँ कि धन भनेको पैसा कमाउनु मात्र होइन, यो हामीले पैसा कमाउने क्रममा पाउने अनुभवहरू हुन् ।