Logo

Student Corner

अनुशासनको महत्त्व

Written by: Anjila Sherpa - 30063, Grade VI

Posted on: 23 August, 2023

अनुशासन  यस्तो गुण हाे  जसले आदर्श आचरणकाे पालना गर्न र नियमकाे मर्यादाभित्र रहन सिकाउँछ । हाम्रो जीवनको हरेक मार्गमा अनुशासन अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसले व्यक्तिलाई जीवनमा प्रगति गर्न र सफल हुन प्रेरित गर्दछ । हामीले स्कुल, घर, कार्यालय मैदान, कारखाना र अन्य स्थानमा अनुशासनको पालन गर्नुपर्दछ । 
अनुशासनले एक व्यक्तिलाई असल कार्य गर्नका निम्ति प्रेरित गर्छ त्यसैले मानिसकाे जीवनमा  अनुशासनले ठुलो र महत्त्वपूर्ण भूमिका खेल्छ । अनुशासनले व्यक्तिको चरित्र निर्माण गर्दछ । अनुशासनबिना व्यक्तिको जीवन सुस्त र निष्क्रिय हुन्छ । अनुशासनकाे पालना गर्ने व्यक्तिले समाजमा उच्च पद प्राप्त गर्दछ । अनुशासनको क्षेत्र ज्यादै फराकिलाे  पनि छ । अनुशासन सामाजिक जीवनको एक अत्यावश्यक गुण हो। अनुशासनमा  बस्ने व्यक्ति सबैलाई मन पर्छ त्यसैले हामी अनुशासनमा बस्नुपर्छ।