Logo

Student Corner

डियरवकमा पहिलो दिन

Written by: Shreya Joshi - 25049, Grade XI

Posted on: 22 August, 2023

बिगत १० वर्षदेखि सेन्ट मेरिज विद्यालय अध्ययन गरिरहेकी छात्रा श्रेया जाेशी । १० वर्ष धेरै नै लामाे समय हुँदाे रहेछ ।  त्यहाँ मैले थुप्रै अनुभवहरू बटुलेँ । 
केटी केटी मात्रै भएको विद्यालयबाट अनुभव लिएको अब १० सकी सके पछि नयाँ ठाउँमा जाँदा के कस्तो होला भन्ने क्रममा म छुट्टाछुट्टै कलेजहरूको अध्ययन सुरु गरेर धेरै ठाउँको जानकारी बटुलेँ । एक त कुन बिषय लिने भन्ने अन्योलमा थिएँ भने अर्कोतिर कुन कलेज ? यसैअन्तर्गत आफ्नो साथी भाइ, परिवासँग छलफल भयो र अन्यमा आफू कम्प्युटर साइन्स नै पढ्ने निर्णय भयाे, मेराे रूचिकाे विषय पनि थियाे । अब के पढ्ने भन्ने सोच बनि सकेपछि कलेज को विकल्प खोज्न अलि सहज भयो । काठमाडौँमा भएका थुप्रै कलेजहरूमध्ये दुइ ओटा कलेज मेरो दिमागमा आयो । 
पहिलो सेन्ट जेभियर्स र दोश्रोमा डियरवाक । दुबै कलेजको जानकारी लिन सुरु गरेपछि कुन कलेज जाऊँ भन्ने दोधारमा थिएँ । 
त्यही अन्योलमा हुँदा दुबै कलेजको परीक्षा दिएर हैरूँ नम भन्ने सोच राखेँ । त्यही क्रममा परामर्श गर्नको लागि डियरवकले समय दियाे। परामर्श गरेर आएपछि मेरो निर्णय भयो कि म यही कलेजमा भर्ना हुन्छु।

 

पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सिप विकास कार्यक्रम हुने भएकोले मलाई सारै चित्त बुझ्यो। यसै क्रममा डियरवकमा भर्ना भइयो पनि ।

 

नयाँ कलेजमा भर्ना हुनुको लागिमा उत्सुक त थिएँ तर साथै नयाँ वातावरणका कारणले गर्दा मनमा डर पनि थियो। 
त्यही सोचमा म अघिल्यो रात राम्रोसँग निदाउन नि सकिनँ । भोलिपल्ट विद्यालय जाने दिन आयो । कलेजको गेट पुग्दा झन् मन आत्तियो र एकछिन त फर्कूँ कि जस्तो पनि भयाे । 
साेचेँ,  भर्ना त भइसकेँ त्यो वातावरणलाई स्वीकार त गर्नु नै छ । त्यही सोचका म गेटभित्र छिरेँ।  नयाँ माहोल नयाँ अनुहारहरू देख्दा म अलि चिन्तित पनि भएँ । खै किन हाे कुन्नि!

 

कसरी अगाडl बढ्ने, नयाF साथी कसरी बनाउने, कसैलाई चिनेको छैन त्यो डर पनि लाग्यो । फेरि सोचेँ सबैको लागि त्यो दिन नयाँ नै हाेला, सबैमा त्यही डर नै हाेला । 
बिस्तारै परिचय हुँदै गएपछि सबै मेरो पुरानो साथीहरू हुन् जस्तै अनुभव भयो । जोजोसँग बोले सबै खुल्ला मिजास सहयोगी नै भेटेँ। मेरो  कक्षामा ७ जना मात्र केटी साथीहरू हुँदा कति थोरै जना भएकोले अचम्म लग्याे । 
म केटी केटी भएकाे विद्यालयमा पढेर आएकोले नि हुन सक्छ त्यो भावना आएको । तर यहाँ आएपछि सबै मिलनसार देख्दा मेरो मन आनन्दित भयो । पछि भर्ना भएर अझै धेरै केटी साथीहरू पनि आएँ ।
डियरवाकमा  दिन बित्दै गयो र सोचेको भन्दा राम्रो  पाएँ ।नयाँ साथी भेटे, नयाँ  कोठा, नयाँ  गुरुहरू र नयाँ  पढाइमा म रमाउदै गएँ । 
सबै साथीहरू पारिवारिक नै लाग्यो । मैले सोचेँजस्तो चाहना मनमा लिएर हिडेको पुरा भएको जस्तो  लाग्यो ।  
आजको दिनमा  म विद्यालय जान उत्सुक हुन थालेकी छु  र त्यहाँको माहोल रमाइलो लाग्न थालेकाे छ । मैले गरेको निर्णयमा म धेरै खुशी छु ।