Logo

Student Corner

दाइजाे सामाजिक समस्या

Written by: Parisa Nepal - 27033, Grade IX

Posted on: 22 August, 2023

मैले अहिलेसम्म व्यक्तिगत रूपमा कुनै सामाजिक समस्याको सामना गरेकी छैन तर मैले मानिसहरूलाई यो सामना गरेको देखेकी छु त्यसैले पहिले सामाजिक समस्या के हो भन्नेबारे केही व्यक्त गर्न मन लाग्याे  । सामाजिक समस्या, जसलाई सामाजको समस्या पनि भनिन्छ, व्यक्तिको व्यक्तिगत वा सामाजिक जीवन वा समुदाय वा समाज भित्रका ठुला समूहहरूमा कुनै पनि कुराकाे नकारात्मक असर पर्ने अवस्था हो । आधुनिक युग भए पनि समाजमा अझै धेरै सामाजिक समस्याहरू छन्, जुन सामाजिक समस्याले मेरो समाजमा भोगेकी, देखेकी छु त्याे भनेकाे मेराे देशमा कायम रहेकाे  दाइजो प्रथा हो ।

 

दाइजो भनेको दुलहीको परिवारले दुलाहा वा उसको परिवारलाई विवाहको समयमा भुक्तानी गरेको सम्पत्ति, पैसा वा गहना दिने कार्य हो । हाम्राे नेपाली समाजमा दाइजो प्रथा एउटा सामाजिक कुरीति हो, जसले महिलामाथि अपराध निम्त्याएको छ । यसकाे विकृति बढ्दै जाँदा समाजका महिलाहरूको जीवन अनाहकमा गइरहेकाे छ । चाहे त्यो गरिब होस्, मध्यम वर्ग वा धनी । तर, चेतना र शिक्षाको कमीले गर्दा गरिबहरू नै बढी यसको सिकार भएकाे कुरा साँचाे । नेपाली समाजमा दाइजो प्रथाका कारण छोरीलाई छोरा जत्तिकै कदर हुँदैन । नेपाली समाजमा धेरै यस्ताे समस्या छ कि उनीहरूलाई प्रायः वशमा पार्ने र शिक्षा वा अन्य सुविधामा पनि भेदभाव गर्ने गरेको देखिन्छ । 
कानुनी रूपमा सरकारले दाइजो प्रथा उन्मूलन गर्ने कानुन ल्याए पनि  पूर्ण रूपमा याे हराउन सकेकाे छैन । अब हाम्राे नेपाली समाजले याे कुरा बुझ्नुपर्छ । कडा कानुन ल्याएर यसकाे कार्यान्वयन गर्नुपर्छ । नेपाल सरकारले कडा कदम चाल्नुपर्छ । दाइजो दिने वा लिने काम बन्द गर्ने यो हामी सबैको हातमा छ । 
त्यसैले यसलाई गम्भीर रूपमा लिएर महिलाई कमजाेर रूपमा नलिई महिला पनि पुरूषसरह अवसर र सुविधा पाएमा सक्षम व्यक्ति बन्न सक्छन् यो कुरालाई एउटा अभियानकै रूपमा चलाउनु पर्छ । दाइजाे प्रथालाई जतिसक्दो छिट्टो अन्त्य गर्न जरूरी छ । दाइजो दिने वा लिने दुवैलाई दण्ड सजायको व्यवस्था गर्नुपर्छ । सरकार यसमा माैन बस्नु हुँदैन ।