Logo

Student Corner

मछिन्द्रनाथ जात्रा

Written by: Aayaan Rai - 31006, Grade V

Posted on: 22 August, 2023

मछिन्द्रनाथ जात्रा एउटा धार्मिक जात्रा हो । यो जात्रा जेठ महिनाको शुक्ल पक्षमा मनाइन्छ । यो जात्रा मछिन्द्रनाथको मूर्ति रथमा राखेर पाटन सहरमा घुमाएर मनाइन्छ। जात्राको अन्तिममा रथ जावलाखेलमा ल्याइन्छ । त्यहाँ  रथबाट रत्नजडित भोटो देखाइन्छ । किम्वदन्तीअनुसार परापूर्व कालमा नेपालमा ठुलो खडेरी परेको थियो । बालीनाली उत्पादन नहुँदा मान्छेहरू भोकभोकै परे । त्यस बेलाका राजालाई विद्वानहरूले पानीका देवता मछिन्द्रनाथलाई नेपाल ल्याएमा पानी पर्ने विश्वास दिए। राजाले गुवाजुलाई जसरी पनि मछिन्द्रनाथलाई नेपाल ल्याउन आदेश दिए । गुवाजुले आफ्नो मन्त्रबलले मछिन्द्रनाथलाई वशमा नेपाल ल्याए । मछिन्द्रनाथ नेपाल आएपछि वर्षा भयो । अनि मान्छेहरूले पेटभरि खान पाए भन्ने विश्वास गरिन्छ । त्यस दिनदेखि मछिन्द्रनाथको जात्रा गर्ने चलन चलेको छ ।