Logo

Student Corner

मान्छे र भगवान्

Written by: Samriddha Sapkota - 24067, Grade XII

Posted on: 21 August, 2023

मानवताकाे अनिकाल देखाउँछन् सान
पैसाको आशाले  बिर्सिसके  भगवान्
अहिले जो मान्छेको आफै मपाइत्व
आफूलाई भन्छ बलवान्
भगवानको आशा सबैले राख्छन् 
प्रयास पनि नगरी
मान्छेले मान्छेको मद्दत नगरी 
मनमा भन्छन् हरि हरि
रामले सिता माता लिन लङ्का जलाए भए भगवान्
अरुको मदत गरे आफै हुन्छ महान्



भन्छन् भगवानसँग हुन्छ धेरै शक्ति
त्यही शक्ति पाउन रावणले नि गर्याे भक्ति
तर पनि आज भोलि 
झगडा गर्छन् फुट्यो हाम्रो मति
झगडा नगरी बनाउ कृष्णजस्तै साथी
ठुलो छ यो विश्व ठुलो छ यो जहान
खोज्यो भने त भेटिन्छ रे 
हामीलाई पनि भगवान
भोकै छन् मान्छेहरू 
गरिबलाई दिऊ त्यो पकवान
फरक छैन अझै पनि 
पहिले थियो रथ अहिले गाडी वाहन
मान्छेले नि साेच्नपर्छ 
प्रकृतिकाे देन
राम्रो मान्छे बनौँ अब न बनाऊ कुनै भेस
भगवान् नै मान्छे हाे है बसोस् सुन्दर देश