Logo

Student Corner

बाबाको माया

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 21 August, 2023

मलाई असल बाटाे देखाउने ?
यस संसारमा मलाई माया गर्ने ?
मेराे हात समाएर हिँड्न सिकाउने 
एक मात्र, मेरो बाबा नै हुन् ।
 

हरेक पलमा मलाई सहानुभूति दिने 
सधैँ मेरा लागि खट्ने
उहाँको सङ्घर्ष र जिम्मेवारीले
देखाउँछ कि उहाँ कति महान् !
 

बाबा ! म मेरो साथीको घर जान्छु है ?
कतै गलत सङ्गतमा लाग्ने त हाेइन 
बाबा के म  एक्लै घुम्न जान सक्छु ?
म पनि तिमीसँगै जान्छु । 
तिमीलाई  एक्लै म कसरी छाेड्न सक्छु ?
याे संसार तिमीले साेचे र देखेभन्दा धेरे फरक छ ।
 

तिम्रो हाँसो, तिम्रो खुसी तिम्रो सबै कुरा
कसैले पूरा गर्ला कि ! 
यत्तिकै अधुराे रहला बाबा ! 
तिम्राे खुसीले संसार कहिले भरिएला ?
 

मेराे खुसीकाे लागि तिमी जीवनभर
दुःख, व्यथा पाखा लगाएर तिमीले
पसिना चुहाएकै छाै, धर्ती रूझाएकै छाै
मेराे चित्त बुझाएकै छाै ।