Logo

Student Corner

किसान

Written by: Sayuri Shrestha - 28017, Grade VIII

Posted on: 21 August, 2023

आफ्नो लागि हैन 
अरूको लागि  पसिना र रगत बगाएर 
आफ्नो पेटको लागि हैन 
अरूको पेटको लागि 
दिन रातको  मेहेनत कसले बुझाेस र  ? 
मेहनत, हाम्रो लागि नहुन सक्छ केही  ।

 

ती मेहनती किसानका लागि, 
हुन् यो सबै थोक, 
खेतमा बगाएको पसिनाले 
भर्छ हाम्रा पेट, 
तर हामीलाई छैन त्यसको मूल्य 
उनीहरूले परिश्रम गरेकाे फल

 

खुवाउनक लागि, 
६०  पार गरेका सङ्घर्षहरू, 
अरू कसैले बुझ्दैन, 
उनका पिर र दुख 
कामको फल नपाउँदा
दुख हुन्छ तिनलाई 
हामीलाई के थाहा 
उनका ती दुखः