Logo

Student Corner

पानी

Written by: Yunisha Pathak - 30043, Grade VI

Posted on: 21 August, 2023

हे पानी तिमी हौ सबैकी रानी
तिमीबिना छैन है कसैको जीवन बाँकी 
तिमी नै हौ देवता तिमी नै हौ आमा 
सम्पूर्ण प्राणी वनस्पतिकाे  तिमीले नै गर्छौ  रक्षा
देवी देवता पनि त तिमीबिना बाँच्न सक्दैनन् 
हामी त के हो र ? हे पानी मलाई लाग्छ कि
तिमी देवताहरूको पनि देवता  हौ 
हे पानी तिमीबिना त यस  पृथ्वीमा खाना  बनाउन र 
आफू  सफा हुन पनि असम्भव हुन्छ 
हे पानी तिमीले नै मेटायाै हाम्रो थकान
हे पानी तिमी कति महान् छाै
हे पानी तिमी जस्तो मूल्यवान् यस पृथ्वीमा कुनै पनि वस्तु छैन
हे पानी तिमीलाई धन्यवाद छ सबै थोकको लागि ।