Written by: Prapya Mishra - 32049, Grade IV
Posted on: 21 August, 2023
मेरो बाबा हँसिलो अनि रसिलो मान्छे
हामीलाई धेरै माया गर्ने मान्छे
राम्रो नाना अनि मिठो खाना ल्याइदिने मान्छे
गृहकार्य गर्दा सहयोग गर्ने मान्छे
दु:ख पर्दा हाँसी हाँसी सहिदिने मान्छे
हामीले जाऊ भन्दा गईदिने मान्छे
खान मन लागेकाे कुरा बनाइदिने मान्छे
पैसा चाहियाे भन्दा दिने मान्छे
आफूले फाटेको पुरानो लुगा लगाएर पनि
हामीलाई नयाँ नयाँ लुगा ल्याइदिने मान्छे।।