Logo

Student Corner

सपना

Written by: Pratik Dangol - 27009, Grade IX

Posted on: 18 August, 2023

सबैकाे जस्तै मेराे पनि एउटा सानो सपना छ,
र, त्यो सपना पूरा गर्ने एक अर्को सपना छ।
सपना पूरा गर्न मनले जे पनि गर भन्छ,
तर फेरि आफ्नो बिर्सिएर आमाबुबाको याद आउँछ।

 

आमाबुबाको सपना छ कि म ठुलो मान्छे बनूँ,
तर, त्यो ठुलो कति हो भन्ने कसैलाई थाहा छैन
समाजले मलाई डाक्टर, इञ्जिनियर बन् भन्छ,
तर मेरो आत्माले मलाई अरू नै बन् भन्छ ।

 

समाजको कुरा सोच्नु वा आफ्नो कुरा सुन्नुहुन्छ,
र त्यो कुरा सोच्दासोच्दै मेरो जीवन नै जान्छ।
सपना सबैको आआफ्नै अनौठा हुन्छन,
तर सबै सपनाहरू कहिल्यै पूरा हुँदैनन्।

 

अब पालो हो जीवनमा मिहेनेत गर्ने,
सपनालाई आँफै साकार बनाउने। 
आफ्नो सपना पूरा गरी जीवनमा,
सुधार्नु छ जीवन तर होइन सपनामा।